२०८२ जेठ, १ बुधबार

मालिकार्जुन गाउँपालिकाको वडाकेन्द्रीत एकीकृत सेवा, घुम्ती शिविरबाट २ हजार बढी सेवाग्राही लाभान्बित 

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले संचालन गरेको वडा कार्यालय केन्द्रीत भएर घुम्ती शिविर बुधबार (हिजो) सम्पन्न भएको छ । “लिएर सबै सेवाका प्रकार, घरदैलोमा स्थानीय सरकार” भन्ने नारा सहितको कर्मचारीको टोलिले गाउँपालिका कार्यालयबाट प्रभाव हुने सेवा वडा कार्यालयबाटै उपलब्ध गराएको हो । 
नागरिकको घरदैलोबाट सेवा दिने उद्धेश्यले बैसाख १० गतेदेखि वडा नम्बर ६ उकुँबाट सुरु गरिएको शिविर बैसाख १७ गते बुधबार १ नम्बर वडा कार्यालयबाट सेवा प्रभाव गर्दै सकिएको छ । 
एक साता सम्म सञ्चालन भएको शिविरबाट ७ वटै वडाका २ हजार ६ सय ९५ जना सेवाग्राहिले सेवा पाएका छन् । पशु सेवा केन्द्रले ३ हजार १ सय २६ पशुपंक्षीका लागि औषधी वितरण गर्दै उपचार सहित परामर्श सेवा दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले माछापुच्छ्रे बैंक लिमिटेड मालिकार्जुन शाखाको सहकार्यमा ६२ लाख २२ हजार ६ सय रुपैया समाजिक सुरक्षा रकम भुक्तानी गरेको छ । त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालय दार्चुलासंगको सहकार्यमा ए आई जडित एक्सरे सेवाबाट १ सय ६५ जनाको छातिको चेकजाँच र १७ जनाको क्षयरोगको नमुना संकलन गरिएको छ । 
भौगोलिक रुपमा विकटता रहेका क्षेत्रमा बस्ने जनताको आवश्यक्तालाई पुरा गर्न र गाउँपालिकाबाट प्रदान गरिने सेवाहरुमा नागरिकको पहुँच बढाउन सबै सेवालाई एउटा प्याकेज बनाएर शिबिरबाट वडा-वडामा गएर सेवा दिएको गाउँपालिका अध्यक्ष हिरासिंह धामीले बताउनुभयो । उहाँले भन्नु भयो हामी जनताको सेवा गर्न निर्वाचित भएका हौँ, हामीले दिने सेवा जनताको घरदैलोमा पुगाउन पालिकाको बार्षिक कार्यक्रम नै बनाए शिविर संचालन गरिरहेका छौँ ।  
शिविरको पहिलो दिन वडा नम्बर ६ उँकुमा सञ्चालन भएको शिविरबा ३ सय ९ जनाले वडास्तरबाटै विभिन्न सेवाहरु लिएका थिए । शिविरबाट वडा नम्बर ६ का ४० जना पुरुष र ५१ जना महिला गरी जम्मा ९१ जनाले १२ लाख ३३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेका छन् । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताउनुभयो । त्यस्तै २६ जनाले आयुर्वेद सेवा, ७३ जनाले स्वास्थ्य चेकजाँच तथा परार्मश सेवा लिएको शिविरमा सहभागी गाउँपालिकाका सूचना अधिकारी सुरज प्रशाद जोशीले जानकारी दिनुभयो । शिविरबाट वडा नम्बर ६ का १३ जना किसानहरुलार्ई किसान सूचिकरणमा समावेश गरिएको उहाँले बताउनुभयो । 
त्यस्तै ४२ जनाले कृषि शाखाबाट पाप्त गर्ने सेवा, ४८ जनाले पशु परार्मश तथा उपचार गरी कुल ३ सय ९ जना लाभग्राहीहरुले वडास्तरबाट सेवा लिएका छन् । गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी लगायत प्राविधिक सहितको गाउँपालिकाको टोलीले वडा भित्र सञ्चालन भएका ५ वटा योजनाहरुको अनुगमन गरेको थियो ।
वडा नम्बर ७ जोलजिविमा २ सय ९० जना सेवाग्राहीले विभिन्न सेवाहरु लिएका थिए, भने ५ सय १ पशुपन्छीको लागि औषधी उपचार र ५ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो ।
वडा नम्बर ५ डाँडाकोटमा सञ्चालन भएको शिविरबाट ३ सय २२ जनालाई विभिन्न सेवाहरु प्रदान गरिएको र २ सय ६ वटा पशुपन्छीको औषधी उपचार सेवा दिइएको जनाईएको छ। त्यस्तै वडा नम्बर ५ मा ५ वटा योजनाको अनुगमन गरिएको थियो भने ११ लाख ३३ हजार रुपैँया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
आइतबार वडा नम्बर ४ हुनैनाथमा सञ्चालन भएको शिविरबाट २ सय ८६ जनाले गाउँपालिकाका विभिन्न शाखाहरुबाट प्रदान हुने सेवा लिएका थिए भने, २ सय ९२ पशुपन्छीको लागि औैषधी उपचार सेवा, ४ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । वडा नम्बर ४ मा ४ लाख ६४ हजार ३ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
गाउँपालिकाको वडा नम्बर ३ मालिकार्जुनमा सञ्चालन भएको शिविरबाट ४ सय ७१ जनाले गाउँपालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरु वडाबाटै लिएका थिए । त्यस्तै ४ सय ४७ पशुपन्छीको औषधी उपचार सेवा प्रदान गरिएको र ४ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । वडा नम्बर ३ मा १५ लाख १९ हजार ३ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
वडा नम्बर २ भगवतीमा सञ्चालन भएको शिविरबाट ५ सय २५ जनाले गाउँपालिकाका ६ वटै शाखाबाट प्रवाह गरिने सेवाहरु लिएका छन् । ७ सय ५५ पशुपन्छीको औषधी उपचार सेवा प्रदान गरिएको र ४ वटा योजनाहरुको अनुगमन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । वडा नम्बर २ मा एआई जडित एक्सरे मेसिनबाट १ सय जनाको छातीको एक्सरे गरिएको र ५ जनाको क्षयरोग परिक्षण गरिएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताउनुभयो ।
शिविरको अन्तिम दिन वडा नम्बर १ भर्तोलामा सञ्चालन भएको शिविरबाट २ सय ९० जनाले गाउँपालिकाका विभिन्न शाखाबाट प्रदान हुने सेवाहरु लिएका छन् । त्यस्तै ४ सय ९६ पशुपन्छीको औषधी उपचार गरिएको छ । त्यसै ५ वटा योजनाको अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष धामीले बताउनुभयो । ५ लाख १८ हजार ५ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । 
गाउँपालिकाले सार्वजनिक गरेको शिविरको विवरणमा मालिकार्जुन गाउँपालिका अन्र्तरगतका ६ वटा शाखाहरुले सेवा दिएका हुन् । शिविरमा प्रशासन, योजना तथा अनुगमन शाखा, स्वास्थ्य शाखा, आयुर्वेद शाखा कृषि विकास शाखा, पशुपंक्षी सेवा शाखा, पञ्जीकरण शाखाबाट विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।  

 

प्रकाशित मिति: बिहीबार बैशाख १८, २०८२/Thursday 05-01-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै