२०८१ बैशाख, ८ शनिबार

जिल्ला अस्पताल दार्चुलामा चार जना डाक्टर थपिए

कोरोनाको उपचारमा सहयोग पुरयाउनका लागि दार्चुलामा चार जना डाक्टर आइपुगेका छन् । संघीय सरकारले सुदूरपश्चिममा खटाइएका ३४ जना चिकित्सक मध्ये चार जना दार्चुला आएका हुन् ।
जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको लागि डाक्टर कृष्णराज अधिकारी, डाक्टर अरुण कुमार शाह, सतिश कुमार गुप्ता र चेतराज भट्टलाई पठाएको छ । 
दार्चुला आएका चारै जनाले जिल्ला अस्पतालमा बसेर काम गर्ने डाक्टर दुवालले जानकारी दिनु भएको छ । उनीहरुले कोरोनाका साथसाथै अन्य सेवाहरु पनि दिने डाक्टर दुवालले बताउनुभयो ।
लकडाउनका बेला धेरै नागरिक समस्यामा पर्न सक्ने भएकाले उनीहरुलाई समेत अस्पतालमा डाक्टर आएपछि सजिलो हुने डाक्टर दुवाले बताउनुभयो । जिल्ला अस्पतालमा एक जना नवौं तह तहका डाक्टरको दरबन्दी रहेको छ । अहिले जिल्ला अस्पताल दार्चुलामा ६ जना डाक्टरहरु कार्यरत छन् ।

स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल दार्चुलालाइ काेराेना उपचार अस्पताल ताेकेदिएपछि डाक्टरहरु थप पठाएकाे हाे । याे सँगै पहिलाे पटक दार्चुला अस्पतालमा १० जना डाक्टर हुने भएका छन् ।

प्रकाशित मिति: सोमबार बैशाख ८, २०७७/Monday 04-20-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै