छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु सारथी खबर दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा बोर्डर आउट पोस्ट बीओपी निर्माणका लागि सशस्त्र प्रहरी बलले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो । यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ । भवन निर्माणका लागि सशस्त्रले १५ राेपानी सरकारी जग्गा प्राप्त गरिसकेको छ । कालापानी, लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि जनआक्रोश सिर्जना भएका बेला सरकारले छाङरुमा सशस्त्र प्रहरीको उपस्थिति कायम गरेको हो । यो क्षेत्रसम्म पुग्नका लागि सडक सञ्जालको समेत समस्या छ । नेपाली सेनाको फौज सडकको ट्याक खोल्नलाई घाँटी बगर क्षेत्रमा बिहीबार पुगेको छ । प्रकाशित मिति: शुक्रबार जेठ ९, २०७७/Friday 05-22-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै तीन करोड ३७ लाखमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन विपिनको रिहाइका लागि पहल गरिदिन परिवारको आग्रह शैल्यशिखरमा विद्यालय भवनको शिलान्यास शिक्षक कर्मचारी र व्यवस्थापन समितिका सदस्यका छोराछोरी सामुदायिक विद्यालयमा दार्चुलामा भिटामिन ए र जुकाको औषधि खुवाईदै जोशी र ढकाल एआइजी बढुवा सिफारिस पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा शैल्यशिखरमा विद्यालय भवनको शिलान्यास तीन करोड ३७ लाखमा निर्माण गरिएको विद्यालय भवनको उद्घाटन विपिनको रिहाइका लागि पहल गरिदिन परिवारको आग्रह एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा, २ हजार ५५४ सहभागी हुने एमाले प्रतिनिधि परिषद्को बैठक सुरु : प्रतिवेदनको पूर्णपाठ