Close This
२०८१ मङ्सिर, ६ बिहीबार

जम्मू–काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

भारत प्रशासित जम्मू–काश्मीरमा कार्यरत एक नेपालीको दोहोरो भिडन्तका क्रममा मृत्यु भएको छ ।

भारत र पाकिस्तानबीच सीमा क्षेत्रको नियन्त्रण रेखामा सुरक्षाकर्मी र विद्रोहीबिचको भीडन्तका क्रममा २ सैनिकको मृत्यु भएको हो ।

मारिएका दुई भारतीय सैनिक मध्ये एकजना नेपाली नागरिक रहेको खुलेको छ ।

बुधबार जम्मू–काश्मीरको राजौरी जिल्लामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

मृत्यु हुनेमा नेपालका २५ वर्षीय अर्जुन थापा मगर रहेको डेक्कन हेराल्डले उल्लेख गरेको छ । सो भिडन्तमा राइफलम्यान मगरसहित भारतका २९ वर्षका सावन्त सन्दीप रघुनाथको मृत्यु भएको हो । मगर नोपलको गोरखाका भएको बताइएको छ ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै