२०८१ जेठ, २ बुधबार

कतारी जेलमा रहेका ९ नेपालीलाई आममाफी

राष्ट्रिय दिबसको अवसरमा कतारमा विभिन्‍न मुद्दामा जेलमा सजाय भोगिरहेका ९ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

कतारस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई रिहा गरेको जानकारी दिएको हो ।

कतारको केन्द्रीय कारागारमा विभिन्‍न आरोपमा सजाए भोगिरहेका उनीहरु आममाफी पाएसँगै नेपाल फिर्ता पठाउन सहजीकरण गरिरहेको दूतावासले जनाएको छ ।

हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कतार सरकारले कारागार सजाय भोगिरहेकामध्येबाट उनीहरुको चालचलन र उनीहरुमाथि लागेको आरोपको प्रकृति हेरेर बन्दीहरुलाई आममाफी दिने गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै