२०८१ जेठ, २ बुधबार

बेलायतमा समाजवादीको प्रवास संगठन

नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतबीच एकीकरण भएको छ । यी दुई समाज क्रमशः संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको प्रवास संगठनका रूपमा क्रियाशील थिए ।

नेपालमा यी दुई पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन भएको छ । यहाँको प्रवास संगठनको नाम नेपाली समाज यूके राखिएको छ ।

यूके राष्ट्रिय समितिका अध्यक्षद्वयमा बालकृष्ण राई र चन्द्र गुरुङ, सहअध्यक्षहरू बसुन्धरा याक्खा, कमलप्रसाद राई, रत्न थापा मगर, बल्लभ गुरुङ, थमन विश्वकर्मा, उपाध्यक्षहरू विमला राई, दाबा स्याङ्बो, राजकुमार राई, मिनु राई, सुमित्रा राई, डा. दिलीपकुमार यादव, हेमकुमार गुरुङ, राजु कँडेल, हुमकुमारी गुरुङ, युमा लिम्बू, महासचिव मिलनचन्द्र राई छन् ।

लन्डनको ह्यारोमा १५ डिसेम्बरमा आयोजित एकता घोषणा कार्यक्रम संघीय समाजका अध्यक्ष बालकृष्ण राई र नेपाली समाजका अध्यक्ष चन्द्र गुरुङसहित केन्द्रीय सदस्यद्वय भगवान चाम्लिङ र टेकबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै