२०८१ जेठ, २ बुधबार

संसार बदल्न सक्ने तीन प्रविधि

प्रविधिले संसारलाई बदल्छ । विगत ४० वर्षयताका विकसित तीनवटा मुख्य प्रविधिमा पर्सनल कम्प्युटर, इन्टरनेट र मोबाइल फोनलाई लिन सकिन्छ । आगामी दशकमा साँच्चिकै संसारलाई बदल्न सक्ने मुख्य तीनवटा सम्भावित प्रविधिको छनोट गर्ने हो भने थुप्रै प्रक्रिया पार भएपछि मात्रै सम्भव हुनेछ ।

पहिलो, परिवर्तनको प्रक्रियामा पहिल्यै रहेका प्रविधिहरूमा आफैं चल्ने ‘स्वचालित विद्युतीय गाडीहरू’ ब्याट्री स्टोरेजसहितका सोलार र वायु ऊर्जा, सुधारिएको बाली, आर्टिफिसियल इन्टलिजेन्स आदिले स्थान लिनेछ ।

दोस्रो, निकै सीमित उपयोगिता भएका कतिपय प्रविधि जस्तैः ‘ब्लक चेन’ (डाटा स्टोरेज सिस्टम व्यवस्थापन) र थोरै परिवर्तन गरिएका जस्ता देखिने प्रविधिमा ग्राफिन, इलेक्ट्रिफाइड हावाको पारवहन, कार्बनरहित निर्माण सामग्रीहरू, साना मोडुलर न्युक्लियर रियाक्टर, क्यान्सर भ्याक्सिनजस्ता कुराहरूको सम्भावना देखिएको छ ।

प्रविधिका साना समूहसहित यी उल्लेखित कुराले मुख्य तीनवटा क्षेत्र खडा गर्नेछन् । जिम्मेवार उपयोगमा आउने छलाङ, निर्माण तथा उत्पादनमा आउने छलाङ र ऊर्जामा आउने छलाङ हुनेछ ।

१. भविष्यको प्रविधि प्रयोगशालाबाट उत्पादित मासु

प्रयोगशालाबाट उत्पादित तथा प्रशोधित मासु भन्नेबित्तिकै कतिपयको मुख रसाउला, कतिपयलाई नराम्रो लाग्ला । संसारको आधा बसोबासयोग्य जमिन कृषिमा प्रयोग भएको छ, त्यसको तीनचौथाइ पशुपालनले ओगटेको छ । कतिपय देशहरूको माछाको माग पूर्ति गर्नका लागि समुद्रका माछा मार्ने गरिन्छ । जस्तैः अस्ट्रेलियाको ‘सि फुड’ चाइनाको मागअनुसार पुर्‍याउन संसारका थुप्रै समुद्रका माछाहरू सखाप पारिएका छन् ।

प्रयोगशालामा वृद्धि गराएर तयार गरिने मासुले मान्छेहरूको प्रकृतिमाथि भइरहेको चापलाई उलेख्य रूपमा घटाउनेछ । पानीको खपत घटाउनेछ र हरितगृह ग्यास उत्सर्जन कम हुनेछ । गाईले फ्याँक्ने मिथेन ग्यासमा निकै कमी आउनेछ । कृत्रिम रूपमा बन्द कोठाभित्र वृद्धि गरिएको मासु महँगो बायोकेमिकल सुपबाट बनाइन्छ । यो निकै महँगो छ, सन् २०१३ मा मास्ट्रिच्ट युनिभर्सिटीका वैज्ञानिकहरूले पहिलो पटक यस्तो मासु तयार गरेका थिए । प्रतिकेजी ३ लाख २५ हजार अमेरिकी डलर यसको मूल्य परेको थियो । तर, छ वर्षपछाडि यसको मूल्य प्रतिकेजी ५ हजार अमेरिकी डलरमा (६० गुणा कम) झरेको छ ।

यस्तो मासु खास गरी साना, रसिला अनि मासु/बोसो उपयुक्त ढंगले मिलाइएका टुक्राहरूमा हुन्छ भन्ने अनुसन्धानकर्मीहरूको भनाइ छ । कतिपयलाई यस्तो मासुको स्वाद र गन्ध मन नपर्ने पनि हुन सक्छ तर निकै राम्रो खानयोग्य हुन्छ भन्ने रिपोर्टहरू आइराखेका छन् ।

अहिले बजारमा उपलब्ध मासुसित कम्तिमा पनि प्रतिस्पर्धा गर्न सक्ने गरी पर्याप्त मात्रामा आउने हो भने अहिलेको ज्यूँदो पशुपक्षी÷माछाबाट, मासुबाट उत्पादन गर्ने र वितरण गर्ने प्रणालीविरुद्धको सामाजिक धारणा निकै छिटो विकास हुनेछ । प्रचुर माग र प्रविधिमा आउने नवीनतम अवधारणाले यसको मूल्य छिट्टै कम हुन सक्छ ।

मासु उत्पादन र प्रशोधनमा काम गरेका ठूला कम्पनीहरू, बिल गेट्सजस्ता लगानीकर्ताहरूले लगानी गरेमा यो छिट्टै उपभोग्य मूल्यमा आउन सक्ने देखिन्छ । यसको उत्पादन लागत घट्ने क्रम जारी रहँदा अर्को दशक वा बढीमा दुई दशकसम्ममा संसारमा प्रशस्त यस्ता खानेकुरा उत्पादन गर्ने उद्योगहरू हुन सक्छन् र थोरै गाईहरू अनि यदाकदा माछा मार्ने डुङ्गाहरू होलान् ।

२. भविष्यको प्रविधिः लचिलो, वस्तुहरूलाई नियन्त्रण र परिचालन गर्ने रोबोटहरू

यसलाई हेर, उठाऊ र यसैसित काम गर । यो कुरा हामी सामान्य रूपमा लिन्छौं जानकारीका लागि पनि । अहिले मेसिनहरू सामान्य काम पनि गर्न सक्ने अवस्थाको नजिक पुगेका छन् । इँटाको गाह्रो लगाउनेदेखि सरसफाइ गर्ने मेसिन उत्पादन गर्नेसम्मको रूपान्तरण भइराखेको छ ।

अहिलेसम्म रोबोटको प्रयोग धेरैजसो एकदमै होसियारीपूर्वक व्यवस्थित किसिमले गरिँदै आएको छ । जस्तैः कार उत्पादन । अबदेखि रोबोटको क्षमता र प्रयोगमा फड्को मार्न तिनीहरूलाई वास्तविक दुनियाँका जुनसुकै गतिविधिसित समन्वय गर्न सक्ने बनाउनैपर्छ । सेन्सर, आफैं निश्चित गर्न सक्ने ‘एक्चुएटर्स’ अनि आर्टिफिसियल इन्टलिजेन्समा भएका विकासले जुनसुकै गतिविधि गर्न सक्ने किसिमका रोबोटहरू बन्ने कुराको ढोका खोलिदिएको छ ।

लिडारः स्वचालित कार विकास गर्ने अवधारणाको अनुसन्धान अब छिट्टै जहाँसुकै हुनेछन् । रोबोटहरूले एकसाथ कारको अवस्थितिको नक्सा तय गर्ने र त्यसैअनुसार राख्ने कुरा सिकिरहेका हुन्छन् । तिनीहरूले ‘मेसिन–भिजन’ प्रविधि प्रयोग गरेका हुन्छन् । यो प्रविधि फोटोहरूको विवरणबाट छनोट गर्ने र फोटोहरूलाई चाहेअनुसार प्रयोग गरी स्वचालित कार र भिडियो गेम बनाउन विकास गरिएको हो ।

आर्टिफिसियल इन्टलिजेन्सको प्रयोगले एउटा रोबोटले कुनै ब्लकलाई ५०औं फरकफरक अवस्थामा बङ्ग्याउन सक्छ । स्वचालित सिलाइ मेसिनले मान्छेले भन्दा निकै छिटो टि–सर्ट, पाइन्ट बनाउन सक्छ । यी प्रणालीहरूले निरन्तर आफैंलाई सिकाउँदै जान्छन् । केही पछिल्ला नयाँ रोबोटहरूमा न्युरल नेटवर्क सफ्टवेयरमार्फत थप सिकाइको अभिवृद्धि गर्दै लैजाने र कुनै काम गर्नुपूर्व अभ्यासको निम्ति तयार गरिएको नमुनालाई कसरी नियन्त्रण र परिचालन गर्ने भन्ने सिकाइन्छ र वास्तविक कामको जिम्मेवारी दिइन्छ ।

अभ्यासका लागि तयार पारिएका नमुनालाई टुक्र्याएर अस्तब्यस्त देखिने इकाइहरूसित मिलाउने अनि त्यसले भद्रगोल र आँकलन गर्न नसकिने कुराहरूको नमुना वास्तविक अवस्थासित कस्तो हुन सक्छ भनेर चित्रण गरिदिन्छ । एक पटक यिनीहरूले सिकेपछि कहिल्यै नबिर्सिने मेमोरी हुन्छ । अब आउने रोबोटहरू हप्तैभरि २४सै घण्टा अहिले मानिसले गर्दै आएका कामहरू गर्ने खालका हुन्छन् । यसले रोजगारीमा परिवर्तन ल्याउनेछ तर अधिकांश सामानको मूल्य र सेवामा उल्लेख्य गिरावट पनि ल्याउनेछ , जुन सयौं वर्षदेखि निरन्तर भइराखेको छ ।

३. भविष्यको प्रविधिः फ्युजन प्रविधिबाट निस्किने ऊर्जा

फ्युजनबाट निस्कने ऊर्जा दूरगामी प्रभाव पार्ने स्रोत हुन सक्छ तर ऊर्जाको खोजी जहिले पनि फ्युजन प्रविधिमा अनुदान दर बढाउने गरी अझै केही वर्ष र दशक पछाडिसम्म पनि हुन सक्छ । यसको सफल उपलब्धि करिबकरिब असीमित ऊर्जा उत्पादन हुन सक्छ, जुन लामो समय असर पुर्‍याउने खतरनाक रेडियोधर्मी पदार्थ र हरित गृह ग्यासरहित हुनेछ ।

अत्यधिक तापक्रम पैदा गर्न मिल्ने ‘चुम्बकीय बोतल’ भित्र परमाणुका न्युक्लियसहरूलाई फ्युजन गराएर अर्को ठूलो न्युक्लियस पैदा गर्ने जससँगै ऊर्जा पनि निस्कन्छ । कोइला बाल्दा निस्कने तापलाई विद्युतीय ऊर्जामा लगेर वितरण गरिन्छ ।

फ्युजनबाट हाइड्रोजन बम बनाउने मात्र होइन, सूर्यभित्र भइरहेको प्रक्रिया पनि गराउन सकिन्छ । तर, यसका लागि प्रशस्त ग्यास लामो समयसम्म निकै धेरै चाप र लाखौं डिग्री सेल्सियस तापक्रम उपलब्ध गराउनुपर्छ । यसरी तयार पारिएको वातावरणमा ग्यास ‘प्लाज्मा’ अवस्थामा परिणत हुन्छ । चुम्बकीय क्षेत्रलाई नियन्त्रण गरेर मुश्किलले प्लाज्मालाई स्थिर राख्न सकिन्छ । यो प्रक्रिया पूरा गर्न आवश्यक ऊर्जाभन्दा धेरै ऊर्जा फ्युजन प्रक्रियाबाट निस्कन्छ । फ्युजन प्रतिक्रियाबाट निस्कने ऊर्जालाई प्रयोग गर्न न्युट्रोनको मुस्लोको गति घटाउँदै लगिन्छ । निरन्तर यसरी ऊर्जा निकाल्न प्रतिक्रिया गराउने प्रणाली तयार गरिन्छ ।

यी सबै कुरा सोचेभन्दा त निकै कठिन छ, कतिपय विज्ञहरूको अनुमान अनुसार फ्युजन प्रविधिबाट ऊर्जा उत्पादन र वितरण दशकौंपछि हुन पनि सक्छ । औद्योगिक ठट्टाको रूपमा व्यावसायिक ‘रियाक्टर ३० वर्षपछाडि वा अझै कैयौं वर्षपछि हुन सक्छ’ भनिएको छ ।

एउटा अन्तर्राष्ट्रिय टिम नै मिलेर संसारकै सबैभन्दा ठूलो प्रयोगात्मक न्युक्लियर रियाक्टर बनाउँदै छन् । २४ विलियन अमेरिकी डलरमा फ्रान्समा बन्दै गरेको यो ‘आईटीईआर’ नामको प्रयोगशाला सन् २०२५ अगाडि नै तयार हुने अनुमान छ । सन् २०३५ सम्ममा व्यावसायिक प्रयोजनका लागि यसले सफलतापूर्वक उत्पादन गर्न सक्ने आशा गरिएको छ । साथै, सन् २०३५ सम्म नभएका, सन् २०६५ सम्म सर्न सक्ने कुरा पनि सचेत गराइएको छ । स्रोतः सीईओ म्यागेजिन

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै