२०८१ बैशाख, १७ सोमबार

सडक माथि उक्लिदै, भारी कम घट्दै

दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्बर ५ का अधिकांश महिला पुरुष भारी बोकेर गुजारा चलाउने गरेका छन् । जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोकेरै भए पनि आफ्नो गुजारा गर्न बाध्यछन् । 
मार्मा गाउँपलिकाको पारिबगडदेखि अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, २, ३, र ४ सम्म भारी पु¥याएबापतको कमाइले महिलाहरूले घरखर्चदेखि छोराछोरीको पढाइलगायत अन्य खर्च धान्दै आएका छन् । पिठ्युमा भारी बोकी जीविकोपार्जन गर्ने अपिहिमाल गाउँपालिका ५ की रेनुका धामीले भारी बोकेरै घर खर्च चलाइरहेको बताउनुभयो । 
अहिले भने सडक मकरीगाडसम्म पुगेपछि भारी बोक्ने काम घट्दै गएको छ । पहिले भन्दा अहिले थोरै कम हिड्नुपर्ने बाध्यता छ । यहाँका अधिकांश महिला पुरुषले हरेक दिन भारी बोकेर मासिक ३५ हजारभन्दा बढी बचत हुने उहाँको भनाई छ । उनी मात्र होइनन् उनीसँगै भारी बोक्ने सबै महिलाको पीडा उस्तै छ । दैनिक प्रतिकिलो ३५ देखि ५० रुपैयाँका दरले व्यापारीले सामान बोकाउने गरेपछि २ हजारदेखि २५ सयसम्म रुपैयाँसम्म कमाउने गरेका छन् । 
सरीया, पाइप, जस्तापाता जस्ता अप्ठ्यारो भारी उहाँले दैनिक रुपमा प्यूठमा बोकेरै लिने गरेका छन् । कहिलेकाही दुधे बालकलाई छोडेरसमेत भारी बोक्नुपर्ने उहाँको बाध्यता छ । भारी नबोके परिवार चलाउन नसकिने भएपछि उहाँ जोखिम मोलेरै भारी बोक्ने गरेका हुन्  । अर्की भरिया जानकी ठगुन्नाले भन्नुभयो आफूले पनि वर्षौंदेखि भारी बोक्दै आएको छु । भारी बोक्ने काम नपाएको दिन घरायसी कामकाज गर्छौ । तर अधिकांश समय अहिले दैनिक भारी पुर्याउने काम छ । 
अपि हिमालसम्म खच्चडमार्फत अन्य सामाग्री ढुवानी हुने गरेको भएपनि पाइप जस्ता पाताहरु लिन अहिले पनि भरीयाकै प्रयोग छ । भारी नबोके परिवार कसरी पाल्नु गम्फा ठगुन्नाले भनिन् । भारी बोकेको पैसाले छोराछोरी पढाउनु घर खर्च चलाउनुपर्छ । खेतमा लगाएको अन्न बाली वर्षभरी खान पुग्दैन । गाउँमा अन्य काम छैन । अप्ठ्यारो भारी अपिहिमालको क्षत्ति, घुसाको सीति पुर्याए अलि पैसा बढि आउँछ । अपि हिमाल जान मकरीकोट र घुसाको ओकालो बाटो साह्रै कठिन छ । तर पनि भारी पुर्याउनै पर्ने बाध्यता छ । अहिले खानेपानी योजनाका पाइपहरु पुर्याउँदैछु उहाँले भन्नुभयो । 
साघुँरो बाटोमा पाइपहरु दायाँबायाँ हुने वित्तिकै ज्यानको जोखिम छ । तर पनि भारी बोक्नुको विकल्प छैन । स्थानीय गोविन्द ठगुन्ना भन्छन्, भारी नबोके परिवार कसरी पाल्नु ? अहिले अपि हिमालमा भारी बोक्नेमा अधिकांश वडा नम्बर ५ लुम्थी र सौगन्नाका महिला पुरुष छन् । घरका बुढाबुढी (श्रीमान श्रीमति) नै भारी बोक्ने काम गर्छन् । खण्डेश्वरी र घुसासम्म सामान ढुवानी गरेरै जिविका चलिरहेको स्थानीय सुना धामीले भन्नुभयो ।  जीविकोपार्जन गर्ने वैकल्पिक पेसाको अभावमा उनीहरू भारी बोक्न बाध्य छन् । दशौ वर्ष भयो भारी बोकेरै जिविका चलाएका छा, धामीले भनिन, पहिले विटुले लटिनाथबाट भारी बोक्थ्यौ, अहिले सडक माथि उक्लीएँसगै मकरीगाडबाट सामान बोक्ने गरेका छौ । खच्चड नचलेको बेला आफुहरुलाई भारी बोक्नमा सहज र बढि फाइदा हुने धामी बताउँछिन् । 
बुढा सासू ससुरा र छोराछोरी पाल्न भारी बोक्नुपर्ने बाध्यता छ । जग्गा पनि धेरै छैन । जग्गामा लगाएको अन्नबालीले ६ महिना खान मात्र पुग्छ । अरू दिन त भारी बोकेरै परिवार पाल्ने गरेको उनले पीडा पोखिन् । जन्मिँदै भारीको सहारामा बाँच्नु भनेर भावीले नै निधारमा लेखिदिएको रहेछ त के गुर्न ?
 

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै