मोरङमा विप्लवका दुई नेताले गरे आत्मसमर्पण Sarathikhabar विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् । दुवै जना विप्लव नेतृत्वको नेकपामा ५ वर्षदेखि अवद्ध रही मोरङ जिल्लाको सचिवालय सदस्यको भूमिकामा रहेका थिए । ‘पार्टीले गरेको हिंसात्मक गतिविधिमा लागेको विषयमा चित्त नबुझेर पार्टी परित्याग गर्न घोषणा गर्दछौं,’ जिल्ला प्रशासन कार्यालयमा बुझाएको पत्रमा उल्लेख छ, ‘आगामी दिनमा नेपालको संविधान र कानूनलाई शिरोधार्य गरि अगाडि बढ्ने जानकारी गराउँछौं ।’ जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डललगायतको रोहबरमा उनीहरुलाई छोडिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए । प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण महेन्द्र नमुना माध्यमिक विद्यालयले यहि कार्तिक २३ गते देखि कक्षा ११ को परीक्षा सञ्चालन गदैँ कैलालीको टीकापुरमा एकै दिन ११ भवन उद्घाटन सुदूरपश्चिमको स्वास्थ्य आपुर्ति केन्द्रको जिम्मेवारीबाट हटाइए अवस्थी, प्रमुखमा अर्याल नियुक्त सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित विमान चल्छ मन्त्री भट्टराई भारततर्फ गइरहेका यात्रुबाट रकम असुल्ने व्यक्ति पक्राउ पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा