२०८१ जेठ, ३ बिहीबार

साग बेच्न पाएर किसान दंग

करेसाबारीमा उत्पादन भएको साग बेचेर काभ्रे नाग्रेगगर्चेकी नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गरिन् । गाउँमै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानीसमेत वृद्धि भएको छ ।

करिब ४ सय किलोभन्दा बढी साग बेचेर आठ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले बताइन् । उनले मात्र होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेतबारीमा साग रोपेर आम्दनी गर्न थालेका छन् । खेर जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताए ।उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रति घर परिवारले कम्तीमा तीन-चार सय किलो साग बेच्ने गरेको छन् । जिल्लाको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका– २ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने ध्येयले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको हो ।साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिनुभयो । संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिक रूपमा साग सङ्कलन गरेको छ । संस्थाले सागको प्रति किलो २० रुपैयाँको दरले खरिद गर्ने गरेको छ ।

१३० जना शेयर सदस्य आबद्ध उक्त संस्थाले छोटो समयमा नै दश लाख पुँजी जम्मा गरिसकेको छ । शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा साग खेती गर्नेको सङ्ख्या बढ्न थालेको छ ।करेसाबारीमा उत्पादन भएको साग बेचेर काभ्रे नाग्रेगगर्चेकी नानीमाया लामाले आठ हजार रुपैयाँ आम्दानी गरिन् । गाउँमै सञ्चालनमा आएको सिर्जनशील कृषि सहकारी संस्थाले गुन्द्रुक बनाएर बेच्न थालेपछि सो गाउँका किसानको आम्दानीसमेत वृद्धि भएको छ ।करिब ४ सय किलोभन्दा बढी साग बेचेर आठ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको उनले बताइन् । उनले मात्र होइन, अहिले सो गाउँका सबै किसानले घर वरिपरिको करेसाबारी र खेतबारीमा साग रोपेर आम्दनी गर्न थालेका छन् । खेर जाने गरेको साग बेचेर पैसा आउने भएपछि गाउँले सबै साग खेतीतर्फ आकर्षित भएको स्थानीय बासिन्दा राजीव लामाले बताए ।

उनका अनुसार अहिले त्यहाँका गाउँलेले प्रति घर परिवारले कम्तीमा तीन-चार सय किलो साग बेच्ने गरेको छन् । जिल्लाको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका– २ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउने ध्येयले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको हो ।साग सङ्कलन गरी गुन्द्रुक बनाउने कामलाई तीव्रता दिएको संस्थाका अध्यक्ष ननिता लामाले जानकारी दिनुभयो । संस्थाले गाउँमा तरकारी सङ्कलन केन्द्र स्थापना गरी दैनिक रूपमा साग सङ्कलन गरेको छ । संस्थाले सागको प्रति किलो २० रुपैयाँको दरले खरिद गर्ने गरेको छ ।

१३० जना शेयर सदस्य आबद्ध उक्त संस्थाले छोटो समयमा नै दश लाख पुँजी जम्मा गरिसकेको छ । शेयर सदस्यले उत्पादन गरेको तरकारीलाई सङ्कलन गरी खरिद गर्न थालेसँगै गाउँमा साग खेती गर्नेको सङ्ख्या बढ्न थालेको छ ।माया तामाङ र प्रीति तामाङलाई महिनाको दश हजार रुपैयाँ दिने गरी संस्थाले रोजगारीसमेत दिएको छ । उनीहरूको काम साग सङ्कलन गर्ने, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताए ।

स्थानीय शशि तामाङले काठमाडौंमा होटलका लागि एक लाख रुपैयाँको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी छ । अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मूलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ ।

उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बिउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ । -रासस

तामाङ र प्रीति तामाङलाई महिनाको दश हजार रुपैयाँ दिने गरी संस्थाले रोजगारीसमेत दिएको छ । उनीहरूको काम साग सङ्कलन गर्ने, केलाउने, पखाल्ने, गुन्द्रुक बनाउने, सुकाउने र प्याकिङ गर्ने रहेको अध्यक्ष लामाले बताए ।स्थानीय शशि तामाङले काठमाडौंमा होटलका लागि एक लाख रुपैयाँको गुद्रुक माग गरेपछि गुन्द्रुक बनाउने काम अहिले धमाधम जारी छ । अध्यक्ष लामाका अनुसार सागको गुन्द्रुकसँगै फर्सी, स्कुस र मूलाको सुकुटी बनाउने तयारी अगाडि बढेको छ ।उत्पादन सबै खरिद गर्ने सम्झौता भइसकेकाले कुनै समस्या नरहेको संस्थाले जनाएको छ । यससँगै सहकारीले संस्थामा आबद्ध किसानका लागि आवश्यक मल, बिउ सुपथ मूल्यमा बिक्री गर्ने र बचत तथा ऋणलाई पनि सँगसँगै लाने गरी कयौँ योजना अघि सारेको जनाएको छ । -रासस

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै