गाई फार्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन Sarathikhabar दूध उत्पादनमा विश्वमै तेस्रो स्थानमा रहेको चीनले गाई फार्ममा उच्चतम् प्रविधिको प्रयोग गरेको छ । दूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ । विश्वकै प्रविधिको विकास गरेर चमत्कार गरेको चीनले कृषि क्षेत्रमा विस्तारलाई पनि प्रथामिकता दिएको छ । यसको उदाहरण हो –चीनको खबे प्रान्तमा सञ्चालित जुन्लेवाओ डेरी उद्योग तथा गाई फार्म । यो फार्ममा ५ हजार ५ सय दुधालु गाईपालन गरिएको छ ।प्रत्येक दिने गाइले दैनिक ३० लिटर दूध दिने गरेका छन् । गाई फार्ममा दूध दुहुने, दाना खुवाउने, गाईलाई नुहाउनेदेखिका सबै काम एक पछि अर्को गर्दै प्रविधिमार्फत नै गराउन थालिएको छ । मावन स्रोतको परिचालन प्राविधिक कमजोरीका लागि मात्रै उपयोग गर्ने गरिएको छ । फार्म अवलोकनका लागि पुगेको नेपाली टोली समक्ष डेरीका कर्मचारीले निकट भविष्यमा रोवर्टको माध्यमबाट गाईको हेरचाह गरिने जानकारी दिए । प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै महिला लघुवित्तको आईपीओ निष्कासन मिति परिवर्तन बजेटबाहिरै चार खर्ब माग साढे ५ अंकले बढ्यो नेप्से संकटमा पाल्पाका ढाका उद्योग साग बेच्न पाएर किसान दंग पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता