संकटमा पाल्पाका ढाका उद्योग Sarathikhabar पछिल्लो समय पाल्पामा ढाका उत्पादन व्यवसाय धरापमा परेको छ । तानबाट उत्पादन गरिएका असली ढाका खरिदका लागि आन्तरिक मात्र नभई विदेशी पर्यटकको समेत आकर्षण रहेका बखत बाहिरबाट मेसिनमा उत्पादित ढाका जिल्लामा भित्रिन थालेपछि ढाका व्यवसाय संकटमा परेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले पाल्पामा उत्पादन हुने ढाकाका सामग्री उपहारका रूपमा लैजाने गर्छन् । कुनै समय पाल्पामा ३५/४० वटा ढाका उद्योग सञ्चालनमा थिए । अहिले आठ/नाैवटा मात्र ढाका उद्योग सञ्चालनमा छन् । त्यसमा करिब २ सय ५० जनाले मात्र रोजगार पाएका छन् । हाते तानबाट उत्पादन गरिने ढाका गुणस्तरका हिसाबले राम्रो मान्ने गरिन्छ । बाहिरबाट तयारी ढाका जिल्लामा आउन थालेपछि पाल्पाली ढाका उद्योग संकटमा पर्दै गएका हुन् । पाल्पा जिल्लाको राम्रो पहिचान बोकेको ढाका हिजोआज उत्पादन कम हुँदा उद्योग नै संकटमा पर्न थालेपछि रोजगारी नै बन्द हुनेमा धेरैको चिन्ता छ भने अर्कोतर्फ जिल्लाकै पहिचान मेटिने चिन्ताले पिरोलेको छ । पाल्पा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले कोशेली तथा मायाको चिनोका रूपमा ढाका कपडा, ढाका कपडाबाट उत्पादित सामग्री झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । रासस प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै महिला लघुवित्तको आईपीओ निष्कासन मिति परिवर्तन बजेटबाहिरै चार खर्ब माग साढे ५ अंकले बढ्यो नेप्से गाई फार्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन साग बेच्न पाएर किसान दंग पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा