२०८१ बैशाख, १७ सोमबार

साढे ५ अंकले बढ्यो नेप्से

आइतबार करिब पाँच अंकले ओरालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने साढे पाँच अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५३ अंकले बढेर ११६७.९५ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको छ ।

कुल १ सय ७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता सेयर ६२ करोड २३ लाख ६३ हजार ४८८ रुपैयाँमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर ओरालो लाग्दा आठ उपसमूहको सेयर बढेको छ ।

बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै, व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको १० करोड ६ लाख २१ हजार ४ सय ४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

शिवम सिमेन्ट ५ करोड एक लाख ६८ हजार ४८, एबीएल डिबेन्चर ५ करोड ८७ लाख ५० हजार, एनएमबी बैंक २ करोड ५४ लाख १० हजार ३ सय ७० र साल्ट ट्रेडिङ कर्पोरेसनको २ करोड ४६ लाख ६५ हजार ९ सय ५२ रुपैयाँबराबरको कारोबार भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार शिवम सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एसियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सेयरधनीले ४.५९ प्रतिशतले कमाए ।

यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए । 

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै