२०८१ बैशाख, १७ सोमबार

बजेटबाहिरै चार खर्ब माग

१५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारसँग बजेट कार्यान्वयनमा आएको ५ महिनामै करिब ४ खर्ब रुपैयाँ थप बजेट माग छ । सरकारी ढुकुटीको रकम खर्च गर्न नसकेर चौतर्फी दवाव खेपिरहेको सरकारलाई बजेटभन्दा बाहिरबाट ठूलो रकमको माग आएपछि बजेट कार्यान्वयनमै थप चुनौती देखिएको छ ।

सरकारले खर्चको आय–व्यय राख्ने महालेखा नियन्त्रकको तथ्यांकअनुसार हालसम्म २०.१७ प्रतिशत मात्र बजेट खर्च भएको छ । चालूतर्फ २६. ८३ र पुँजीगतर्फ ९.२६ प्रतिशत बजेट खर्च भएको छ ।

यस्तै वित्तीय व्यवसायतर्फ भने ड.४४ प्रतिशत बजेट खर्च भएको महालेखाले जनाएको छ । बिहीबार व्यवस्थापिका संसद्को अर्थसमितिमा आयोजित बजेटसम्बन्धी छलफलमा अर्थसचिव डा. राजन खनालले बजेटमार्फत छुट्याइएको बजेट खर्च नगर्ने तर बजेटमा समावेश नभएका आयोजनाका लागि भन्दै थप बजेट माग हुने गरेको बताए ।

‘हालसम्म जति बजेट खर्च भएको छ, त्यसकै हाराहारीमा गैर बजेट माग भएको छ’ उनले भने, गैर बजेट भनेको एकदमै अत्यावश्यक अवस्थामा मात्रै माग्न मिल्ने हो, तर यसको मर्मविपरित पछिल्ला वर्षमा यसको अनावश्यक माग हुन थालेको छ । यो राम्रो होइन ।’ छलफलमा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट खर्च गराउन र बजेट खर्चलाई पारदर्शी बनाउन सांसदहरुसँग सहयोगको आग्रह गरे ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै