जेएनयूमा नकावधारीको हमला, दिल्ली र मुम्बईसहित विभिन्न स्थानमा प्रदर्शन Sarathikhabar भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारीले गरेको आक्रमणको विरोधमा नयाँ दिल्ली र मुम्बईसहित भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । विश्वविद्यालय प्रशासनले आइतबार बेलुका क्याम्पस तथा पुस्तकालयमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । जेएनयूका रजिस्ट्रारले वक्तव्य जारी गर्दै घटनाको विरोध गरेका हुन् । घटना के हो ? १ जनवरीदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएर विद्यार्थीको रजिस्ट्रेसन भइरहेको थियो । ३ जनवरीमा रजिस्ट्रेसनको विरोध गरिरहेको एक समूहले कम्युनिकेसन एण्ड इन्फर्मेसन सर्भिसेज परिसरमा आएर इन्टरनेट सर्वर काम नगर्ने बनाएको थियो । त्यसका विरुद्ध प्रहरीमा उजुरीसमेत गरियो । त्यसपछि ४ जनवरीदेखि पुनः रजिस्ट्रेसन सुरु भएको थियो । तर विद्यार्थीहरुको एक समूहले इन्टरनेटसँगै विद्युत आपूर्ति पनि बन्द गर्नुका साथै केही भवनसमेत बन्द गराए । ५ जनवरीमा रजिस्ट्रेसन गराएका विद्यार्थीहरू क्याम्पस भवन जाँदा उनीहरूलाई रोकियो । आइतबार रजिस्ट्रेशनको विरोध गरिरहेका तथा रजिस्ट्रेशन गराएका विद्यार्थीबीच क्याम्पससँगै रहेको होस्टेल परिसरमा हात हालाहाल भएको थियो । बेलुका साढे ४ बजे रजिस्ट्रेसनको विरोध गरिरहेका विद्यार्थीहरूले रजिस्ट्रेसन गराइरहेका विद्यार्थीहरूमाथि कुटपिट गरेको क्याम्पस प्रशासनले जनाएको छ । त्यसपछि नकाव लगाएका व्यक्तिहरूको समूहले होस्टेलका कोठामा पसेर विद्यार्थीहरूलाई लाठी तथा रडले आक्रमण गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नकाव लगाएर आक्रमण गर्नेहरू भारतको सत्तारुढ भारतीय जनता पार्टीको राष्ट्रिय स्वयंसेवक संघअन्तर्गतको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी) का सदस्य रहेको भारतीय सञ्चारमाध्यमको भनाइ छ । आक्रमणमा जेएनयू छात्र संघका अध्यक्षसमेत घाइते भएका छन् । करिब ५० जनाको संख्यामा आएका नकावधारी एबीभीपीका सदस्यहरूले उनीहरूमाथि आक्रमण गरेको बताइएको छ । घटनाको विरोधमा जेएनयूको मूल गेट तथा दिल्ली पुलिसको हेडक्वार्टरको बाहिर प्रदर्शन भएको छ । जेएनयूमा भएको घटनाको विरोधमा मुम्बईमा समेत विरोध प्रदर्शन भएको छ । गेटवे अफ इन्डियाको बाहिरसमेत विभिन्न क्याम्पसका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । दिल्ली प्रहरीको हेडक्वार्टर बाहिर भएको विरोध प्रदर्शनका क्रममा विद्यार्थी तथा प्राध्यापकको एक समूहले प्रहरी प्रवक्ता एमएस रंधावासँग भेट गरेर घाइते विद्यार्थीको उपचार गरिनुपर्ने, आक्रमणकारीलाई पक्राउ गरिनुपर्ने र विश्वविद्यालयलाई सामान्य अवस्थामा फर्काइनुपर्ने मागसमेत राखेका छन् । जेएनयूमा भएको घटनाको भारतीय कांग्रेसका नेता राहुल गान्धीसहितका नेताले समेत निन्दा गरेका छन् । प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै ट्रम्पको टाउकाेको मूल्य ९ अर्ब ! सन् २०२० का सम्भावित केही विश्व घटना कति शक्तिशाली छ इरान ? आठ हजारको खाना खाएर वेटरलाई २ लाख २४ हजार टिप्स ! पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता