Close This
२०८१ मङ्सिर, ६ बिहीबार

पहाडि नेपाली कागज विक्री भएन्, उद्योग नै संकटमा, 

नौगाड गाउँपालिका ४ सिप्टीमा स्थापना भएको जीवन ज्योती नेपाली कागज उद्योगले उत्पादन गरेको कागज विक्री नहुँदा उद्योग संकटमा परेको छ । एक दशक अघिबाट नेपाली हातेकागज उत्पादन गर्दै आएको जीवन ज्योती नेपाली कागज उद्योगले बजार नपाउँदा संकटमा परेको हो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा संकटमा परेको सञ्चालक राइमले ठगुन्नाले बताउनुभयो । सडक पहुँच भन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा संकटमा परेको हो । 
०६२।०६३ सालमा स्थापना भएको उद्योगले स्थानीय उत्पादनको प्रयोग गर्दै नेपाली कागज उत्पादन गर्दै आएको छ । तर उत्पादित वस्तु मंहगो भएको भन्दै विक्री भएको छैन् । विगतमा लोक्ताबाट नेपाली कागज उत्पादन गर्दै आएकोमा उद्योगले यो वर्षदेखि मकैबाट कागज  उत्पादन गरेको छ । झण्डै १० हजार प्रति उत्पादन गरिएको भएपनि विक्री भने भएको छैन् ।
विगतमा गरिबी निवारण कोष, लघु उद्यम, घरेलु तथा साना उद्योग विकास समिति, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय लगायतको सहयोगमा स्थापना गरिएको उद्योगको सामाग्री विक्री वितरणको व्यवस्थापन नहुँदा धरासायी अवस्थामा पुगेको ठगुन्ना बताउनुहुन्छ ।
अहिले उद्योगमा समूहका छ जनाले रोजगारी पाएका छन् । तर उत्पादन गरिएको सामाग्री विक्री नहुँदा समस्या भएको उहाँको गुनासो छ ।
उद्योगले मकै, गहु, जौ, लोक्ता, धानको पराल लगायतका कच्चा पदार्थबाट कागज उत्पादन गर्ने गरेको छ । नेपाली कागजलाई चाहिने कच्चा पदार्थ स्थानीयस्तरमा प्रशस्त मात्रा छ, स्थानीय अमरसिह ठगुन्नाले भन्नुभयो तर बजारीकरण छैन् ।
यस क्षेत्रमा उत्पादन गरिएको सामाग्री विक्रीको लागि प्रवद्र्धन हुन नसक्दा रोजगारी गुम्ने अवस्थामा पुगेको ठगुन्ना बताउनुहुन्छ । स्थानीय उत्पादनलाई सरकार सरकारी कार्यालयले प्रयोग गरे हाम्रो पनि रोजगारी रहन्थ्यो, उहाँको भनाई छ । 
यो वर्ष नौगाड गाउँपालिकाले उत्पादित कागज खरिद गर्ने तयारी गरेपनि प्रिन्टरले काम नगर्दा खरिद गरेन् । गाउँपालिकाले हालसम्म उद्योग प्रवद्र्धनमा भने सहयोग नगरेको सञ्चालक ठगुन्नाको गुनासो छ । 
गत वर्ष सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले ५ सय प्रति नेपाली कागज खरिद गरेको थियो । अहिले गाउँमा उत्पादन गरेको नेपाली कागज प्रति रुपैयाँ १० मा विक्री गर्ने गरेको उनीहरु बताउँछन् ।
 

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै