डाक्टरलाई किन 'भूत विद्या' सिकाउँदै छ भारत ? Sarathikhabar भारतको एउटा प्रतिष्ठित विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययनमा ‘भूत देखेको वा भूतको वशमा’ परेको बताउने बिरामीको उपचार गर्ने विधि सिकाउ प्रमाणपत्र तहको पाठ्याक्रम तयार पारेको छ । बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) ले ६ महिने भूत विद्या पाठ्यक्रमको पठनपाठन आगामी जनवरीबाट सुरु गर्न लागेको छ । सो पठनपाठनको जिम्मा आयुर्वेद विभागलाई दिइएको छ। आयुर्वेद औषधोपचारको प्राचीन पूर्वीय प्रणाली हो । बीएचयूका एक अधिकारीले विश्वविद्यालयमा ‘भूत विद्या’ नामक छुट्टै एकाइ गठन गरिएको बताए। त्यो पठनपाठन प्यारानर्मल अर्थात् असाधारण घटना भनिने साइकोसोम्याटिक अर्थात् मनोशारीरिक रोगका विषयहरूमा केन्द्रित हुने बताइएको छ । आयुर्वेद विभागका प्रमुख यामिनीभूषण त्रिपाठीले भनिन्, ‘भूत विद्याले खासगरी मनोशारीरिक अस्वस्थता वा अज्ञात कारणले देखिएको रोग तथा मन र मस्तिष्कको अवस्थासँग जोडिएको बिमारीबारे चासो राख्नेछ ।’ यस्तो पाठ्यक्रम राख्ने बीएचयू देशकै पहिलो विश्वविद्यालय हो । यहाँ भूतप्रेतसम्बन्धी रोगव्याधीलाई आयुर्वेदको माध्यमबाट उपचार गराउन चिकित्सकहरूलाई सिकाइनेछ। सन् २०१६ मा मानसिक स्वास्थ्य एवम् स्नायुरोगसम्बन्धी राष्ट्रिय प्रतिष्ठानले गरेको अध्ययनअनुसार झन्डै १४ प्रतिशत भारतीयहरू मानसिक रूपमा अस्वस्थ छन् । सन् २०१७ मा विश्व स्वास्थ्य संगठनले २० प्रतिशत भारतीयहरू जीवनको कुनै खण्डमा डिप्रेशनको सिकार हुने गरेको आकलन गरेको थियो। तर एक अर्ब ३० करोड जनसंख्या भएको भारतमा केवल ४ हजार मानसिक स्वास्थ्य सेवा प्रदायक रहेका छन् । भारतमा मानसिक स्वास्थ्यबारे निकै कम जनचेतना रहेको पाइन्छ। विशेषगरी ग्रामीण तथा विपन्न भारतीयहरू आफूलाई समस्या परेको बेला स्थानीय धामीझाँक्रीको भरमा बस्ने गरेको समेत पाइन्छ । कतिपयले भूतविद्या सिकाउन लागेको विषयमा प्रश्न उठाएका छन् । उनीहरूले मानसिक स्वास्थ्यको विषयमा औषधि तथा पुनर्स्थापना केन्द्र बढ्ता महत्त्वपूर्ण भएको औंल्याएका छन्। प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै नासाको अन्तरिक्ष यान मंगलमा अवतरण बेबी डल बन्ने चाहनामा एक युवतीले लगाइन् १७ एसिड इन्जेक्सन पतिका सहयोगीसँग २० वर्ष प्रेम, वृद्धाश्रममा पुगेर विवाह ! जुरुक्क उठेर बोल्लान जस्ता सोमेश्वरगढीका ढुंगा जसको थियो देवरसँग अफेयर, मर्ने बेलामा भनिन्, ‘श्रीमान्–छोरीलाई भनिदिनु’ यी हुन् मानिसलाई कंगाल पार्ने वास्तुदोष पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा उकु महलको अवलोकन पछि कार्यालय प्रमुखको बैठक मृत्यु भएको २४ घण्टापछि गरियाे माना दमाइको दाहसंस्कार अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ खण्डेश्वरी जोड्ने सडक निर्माणको लागि ठेक्का आह्वान अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम