पतिका सहयोगीसँग २० वर्ष प्रेम, वृद्धाश्रममा पुगेर विवाह ! Sarathikhabar भनिन्छ, प्रेममा कुनै बन्धन हुँदैन, चाहे जात, धर्म या उमेरको सीमा नै किन नहोस् । भारतको केरलाको रामवरमापुरममा ३० डिसेम्बरमा एउटा अनौठो विवाह विवाह हुँदैछ । केरलाको वृद्धाश्रममा हुन लागेको यो अनौठाे विवाहमा ६६ वर्षका दुलाहा र ६५ वर्षकी दुलही हुनेछन् । उनीहरू दुवै जना रामावरपुरम वृद्धाश्रममा बस्दै आएका छन् । त्रिशूरकी ६५ वर्षीया लक्ष्मी अम्मल र इरिनजलाक्कुडा निवासी कोचानियन विवाह बन्धनमा बाँधिने निर्णय गरेका हुन् । उनीहरूको लभ स्टोरी झनै रमाइलो छ । कोचानियन लक्ष्मीका पतिको सहायकका रूपमा काम गर्दथे । २१ वर्षअघि लक्ष्मीका पतिको मृत्यु भएको थियो । आफ्नो मृत्युअघि लक्ष्मीका पतिले कोचानियनलाई लक्ष्मीको ख्याल गर्न भनेका थिए । यो भूमिका पनि कोचानियनले राम्ररी निभाए । २० वर्षसम्म सँगै बस्दा उनीहरूबीच प्रेम बस्यो । कोचानियन प्राय:जसो सडकमा घुम्ने गर्छन् । यसै क्रममा उनी एक दिन अचानक बेहोस भए । त्यहाँबाट एक एनजीओले उठाएर उनलाई भायनाडको एक वृद्धाश्रममा भर्ती गराए । त्यहाँबाट दुई महिनाअघि मात्रै उनलाई रामावरपुरमको वृद्धाश्रममा सिफ्ट गरिएको थियो, जहाँ अम्मल ११ महिनादेखि बसिरहेकी थिइन् । वृद्धाश्रमको रेखदेख गर्ने बीजी जयकुमारलाई वृद्धाश्रममा रहेका अम्मल र कोचानियनको लभस्टोरीबारे थाहा पाए । त्यसपछि उनले दुई जनाको विवाहको चाहना पूरा गर्ने पहल सुरु गरे । २० वर्षसम्म एकअर्कालाई राम्ररी बुझेका लक्ष्मी र कोचानियनको प्रेमले वृद्धाश्रममा पुगेर सफलता पायो । प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै नासाको अन्तरिक्ष यान मंगलमा अवतरण बेबी डल बन्ने चाहनामा एक युवतीले लगाइन् १७ एसिड इन्जेक्सन डाक्टरलाई किन 'भूत विद्या' सिकाउँदै छ भारत ? जुरुक्क उठेर बोल्लान जस्ता सोमेश्वरगढीका ढुंगा जसको थियो देवरसँग अफेयर, मर्ने बेलामा भनिन्, ‘श्रीमान्–छोरीलाई भनिदिनु’ यी हुन् मानिसलाई कंगाल पार्ने वास्तुदोष पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा