२०८१ श्रावण, ७ सोमबार

बेबी डल बन्ने चाहनामा एक युवतीले लगाइन् १७ एसिड इन्जेक्सन

हर व्यक्तिमा केही न केही चीजलाई लिएर एक सनक हुन्छ । कोही महँगा कपडा लगाउने शोख राख्छन् त कोही सुन्दर देखिन अनेक हर्कत गर्छन् । तर, कहिलेकाहीँ जब यस्तो साैखले सीमा पार गर्दछ । तब हाँसीमजाकको विषय पनि बन्छ ।

बुल्गेरियामा बस्दै आएकी २२ वर्षीया एन्ड्रिया इभानोवा यस्तै साैख राख्नेमध्येकी एक हुन् । उनलाई बेबी डल बन्ने भूत चढेको छ । यसकै लागि उनले हालसम्म १७ एसिड लिप्स इन्जेक्सन लगाइसकेकी छन् ।

एन्ड्रिया दुनियाँकै सबैभन्दा ठूलो ओठ भएकी युवतीको रूपमा आफ्नो नाम दर्ता गराउन चाहन्छिन् । यसका लागि उनी जस्तोसुकै काम गर्न पनि तयार छिन् ।

गत सेप्टेम्बरमा उनले १६ एसिड लिप्स इन्जेक्सन लगाइन् । हाल उनी निकै मुश्किल तरिकाले अगाडि बढिरहेकी छन् । सोफिया युनिभर्सिटीमा फिजियाेलोजीको पढाइ गर्दै छिन् उनी ।

एन्ड्रियाले गतवर्षदेखि आफ्नो ट्रान्सफर्मेसन सुरु गरेकी थिइन् । उनका अनुसार पहिलेको कुल्सलाई मन पराउनेहरूले ठूलो ओठवाला लुक्सको पनि तारिफ गर्ने गरेका छन् । एन्ड्रियाको इन्स्टाग्राममा १५ हजार फलोअर्स छन् । एजेन्सी

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै