२०८१ बैशाख, २२ शनिबार

दलित बस्तीमा खानेपानी अभाव

गाउँमा पानी ट्यांकी बनेको छ । घर नजिकै पानी धारा पनि बनेका छन् । तर धारासम्म पानी पाइप पुगेको छैन् । स्थानीयले धाराबन्दा खुसी पनि बनेका थिए । तर जब उपभोक्ता समिति अध्यक्षले काम सकियो भने तब स्थानीय चकित बने ।
यो प्रसँग हो, शैल्यशिखर नगरपालिका–३ को जुगेपानी बस्तीको । ३७ परिवार दलित रहेको क्षेत्रमा ०६२÷६३ मा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयबाट खानेपानी पु¥याइएको थियो । तर अहिले ती धारामा पानी छैन् । निर्माणपछि मर्मतसम्भार भएको छैन् ।
‘अहिले स्थानीयले गाउँबाट झण्डै एक घण्टा हिडेर पानी खानुपरेको छ,’ शैल्यशिखर नगरपालिका–३ का स्थानीय नविनराम कामीले भने । ‘अहिलेको देथला भन्दा एक घण्टा उकालो चढ्नुपर्छ ।’ बाहिरबाट हेर्दा गाउँमा पानी पुगेको जस्तो देखिन्छ, । तर गाउँमा पुगेपछि धारामा पानी हुँदैन् ।
यहाँ गैरदलित दुई परिवार मात्रै छ । घरमा एक जनाको दिनभरी ड्युटी पानी बोक्ने मात्र हुन्छ । गाउँसम्म पुग्न राम्रो बाटो बनेको छैन् ।
‘स्थानीय सरकार आएको पनि लामो समय भइसक्यो,’ उनले भने, ‘तर दलित बस्तीलाई हेपेकोहेपेई भयो ।’ धारासम्म पाइप जडान गरिएको छैन् । गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा ओसिलबाट पानी ल्याइएको हो । पानीकै लागि पटकपटक सरोकारवाला निकायलाई हारगुहार पनि भयो तर समाधान कहिबाट भएन् ।
बाहिरबाट आएर खानेपानी योजनाको काम पनि गर्छन् । तर गाउँमा पानी नपुग्दै योजना फरफारक भएको हुन्छ, स्थानीय पुन्टे कामीले भने ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष पदमबहादुर चन्द दलित बस्तीमा आफु खानेपानी कार्यालयमा काम गर्दा खानेपानी योजना बनाए पनि अहिले मर्मत नहुँदा समस्या भएको सुनाउँछन् । उनले भने, खानेपानी निकै समस्या छ । अहिले त्यो क्षेत्रमा लिफ्टिङमार्फत खानेपानी पु¥याउने गरि योजना माग गरेको छु । खानेपानी समाधानको लागि खानेपानी विभागमा पहल भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार बैशाख ३, २०८१/Monday 04-15-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै