२०८१ बैशाख, २२ शनिबार

शैल्यशिखरमा विद्यालय भवनको शिलान्यास

शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मावि झरकडामा निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास गरिएको छ । भवनको भारतीय राजदुताबासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् । 
भारतले सीमा क्षेत्रमा वर्षेनी पूर्वाधारका कार्यक्रमहरु गर्दै आएको छ । कहिले सीमा क्षेत्रका नागरिकलाई एम्बुलेन्स, विद्यालयलाई बस देखि विद्यालय भवन निर्माणमा भारतीय दुताबासले सहयोग गर्दै आइरहेको छ । 
३ करोड ११ लाखको लागतमा दुई वटा ब्लक निर्माण हुने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाद्यापक जयधन जोशीका अनुसार आठ कोठाको एक र तीन कोठाको दोस्रो गरी दुई वटा भवन र सौचालय, फर्निचर निर्माण गरिनेछ ।
भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख विजयसिह धामी, उपप्रमुख शान्ति खडायत, वडा अध्यक्ष कर्मचारी लगायतको सहभागिता रहेको थियो । भारतले सन् २००३ यता दार्चुलामामात्रै १० वटा परियोजना निर्माण गरेको छ । भारतीय दुताबासले दार्चुलामा मात्रै ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपलब्ध गराएको छ । 
अहिले दार्चुलामा भारतीय दूतावासको अनुदान सहायताको साझेदारीमा चारवटा योजनाहरू सञ्चालनमा छन् । जसअन्तर्गत व्याँस गाउपालिकाको हिमालय मावि हुती भवन, दुहुँ गाउपालिकाको जनविकास मावि बारबाज भवन, नौगाड गाउपालिकाको स्वास्थ्य चौकी नागु भवन र शैल्यशिखर नगरपालिकाको गलैनाथ मावि झरकरडा रहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार बैशाख ७, २०८१/Friday 04-19-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै