२०८१ बैशाख, २२ शनिबार

तुसरपानी–टिंकर सडक ११.७२ किलोमिटर सडक ट्रयाक खुल्यो

नेपाली सेनाले निर्माणको जिम्मा लिएको दार्चुलाको तुसरपानी–टिंकर सडक खण्डमा हालसम्म ११.७२ किलोमिटर सडकको ट्रयाक खुलेको छ । यो सडक निर्माणको जिम्मा सेनाले ०७७ माघ २८ मा लिएको हो । 
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म ४२५ किमि सडक छ, जसमा अप्ठ्यारो चट्टान सहितको खण्डमा ट्रयाक खोल्ने काम सेनाले पाएको हो । ट्रयाक खोल्ने काम सेनाले आर्थिक वर्ष ०८८-८९ भित्र सकिसक्नुपर्ने छ । अहिले जिम्मा लिएको तुसरपानी–टिंकर ७९ किमिमध्ये ६७.२८ सडकको ट्रयाक खुलाउन बाँकी छ । 
यो सडक नबन्दा सदरमुकाम दार्चुलाबाट आफ्नै देश व्याँसको छाङ्गरु, लिपुलेक, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । 

 

प्रकाशित मिति: सोमबार बैशाख ३, २०८१/Monday 04-15-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै