२०८१ बैशाख, २२ शनिबार

दार्चुलामा भिटामिन ए र जुकाको औषधि खुवाईदै

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन रकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाईने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बीरेन्द्र भट्टले बताए । 
जिल्लाभरि ६ महिना देखि ५९ महिनासम्मका ११ हजार ५१२ जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यस्तै १ वर्षदेखि ५ वर्षसम्मका १० हजार २५२ जना बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
खोप सुपरभाइजर भट्टका अनुसार व्याँस गाउँपालिकामा ८ सय २६ जनालाई भिटामिन ए र ७ सय ३७ जना बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । दुहुँ गाउँपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या ८ सय ३४ र ७ सय ६० जनाले जुकाको औषधि खानेछन् ।
महाकाली नगरपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या १ हजार ४ सय ३४ छ भने १ हजार २ सय ७४ जना बालबालिकाले जुकाको औषधि खानेछन् । 
नौगाड गाउँपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या १ हजार ९ सय ६१ जना तथा जुकाको औषधि खाने बालबालिकाको संख्या १ हजार ७ सय ४५ जना रहेका छन् ।
अपिहिमाल गाउँपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या ७ सय २२ छन् भने जुकाको औषधि खाने बालबालिका ६ सय ४४ जना छन् । मार्मा गाउँपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या १ हजार ४ सय ५६ जना तथा १ हजार २ सय ९६ जना बालबालिकाले जुकाको औषधि खानेछन् ।
शैल्यशिखर नगरपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या १ हजार ८ सय ८२ जना र जुकाको औषधि खाने बालबालिकाको संख्या १ हजार ६ सय ७७ जना छन् । मालिकार्जुन गाउँपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या १ हजार २ सय २ जना तथा १ हजार ७१ जनाले जुकाको औषधि खानेछन् । लेकम गाउँपालिकामा भिटामिन ए खाने बालबालिकाको संख्या १ हजार १ सय ७५ जना तथा जुकाको औषधि खाने बालबालिकाको संख्या १ हजार ४६ जान रहेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।
अभियानअन्तर्गत जिल्लाभरिका ३८० जना महिला स्वास्थ्य स्वयंसेविका खटिने छन् । 

 

प्रकाशित मिति: बिहीबार बैशाख ६, २०८१/Thursday 04-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै