२०८१ बैशाख, २२ शनिबार

शिक्षक कर्मचारी र व्यवस्थापन समितिका सदस्यका छोराछोरी सामुदायिक विद्यालयमा

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समिति सदस्यका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै भर्ना गर्न भनेको छ । वैशाख ४ गते बसेको व्यवस्थापन समिति बैठकले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्न सबैमा आग्रह समेत गरेको छ । 
व्यवस्थापन समितिले गरेको निर्णय सार्वजनिक गर्दै विद्यालयका प्रधानाध्यापक कल्यानसिह धामीले निर्णय कार्यान्वयन गर्न सबैमा आग्रह गरेका छन् । विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालयसँग सम्बन्ध राख्ने सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै भर्ना गर्न आग्रह गरेका हुन् । 

 

प्रकाशित मिति: बिहीबार बैशाख ६, २०८१/Thursday 04-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै