एमाले प्रतिनिधि परिषद्को बैठक सुरु : प्रतिवेदनको पूर्णपाठ सारथी खबर नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । यस्तै अन्य विभिन्न आयोगका प्रतिवेदन पनि प्रस्तुत भएका छन् । केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत भएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भोलि (आइतबार) सम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी छन् । आयोगका प्रतिवेदनबाहेक एमालेले पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समीक्षा गर्ने, मिसन ग्रासरुट, मंसिरमा गरेको झुलाघाट चिवाभञ्याङ सङ्कल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछ । एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ । प्रकाशित मिति: शनिबार बैशाख ८, २०८१/Saturday 04-20-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै सुदूरपश्चिममा एमालेले तत्कालै दीर्घ सोडारीलाई विश्वासको मत नदिने विश्वासको मत पाउन मुख्यमन्त्री सोडारीको सकस एमाले वडा अधिवेशन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने एमालेका जिल्लाभरी प्रशिक्षक बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा एमालेका जिल्लाभरी प्रशिक्षक यार्सागुम्बा संकलनको तयारी : जेठ दोसो साताबाट अनुमति पूर्वधार विकास समिति सभापतिको निर्देशन : व्याँसका नागरिकको लागि बाटो बनाऔं बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने