२०८१ जेठ, ५ शनिबार

विश्वासको मत पाउन मुख्यमन्त्री सोडारीको सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत पाउन सकस परेको छ । दुई पटक विश्वासको मत लिने तयारी गरे पनि एमालेले सहयोग नगर्दा सकस परेको हो । शुक्रबार र शनिबारको प्रयासमा बे्रक लागेको थियो । 
शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए । ‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु प¥यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ ।’
बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो । अहिले एमालेले मत नदिने भएपछि आज मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने जनाए।
विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
अब थप छलफल र परामर्श गरेर विश्वासको मतको लागि अर्काे मिति निर्धारण गरिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले बताए । 
एमालेको नेताहरु भने विश्वासको मत दिने सन्दर्भमा उच्च तहमा छलफल गर्न काठमाण्डौं लागेका छन् । 

प्रकाशित मिति: शनिबार बैशाख २२, २०८१/Saturday 05-04-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै