२०८१ श्रावण, ७ सोमबार

ट्रम्पको टाउकाेको मूल्य ९ अर्ब !

इरान र अमेरिकाबीच बढ्दो तनावकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाेको मूल्य तोकेको छ ।

आफ्ना सैन्य कमाण्डर अमेरिकी हमलामा मारिएपछि आक्रोशित इरानले ट्रम्पको टाउकाेको मूल्य ८० मिलियन डलर अर्थात् करिब ९ अर्ब २ करोड रुपैयाँ तोकेको हो ।

इरानको नयाँ घोषणाले दुई देशबीचकाे तनाव झन् चुलिने अनुमान गरिएको छ । ट्रम्पले इरानले हमला गरेमा ध्वस्त पारिदिने धम्की दिएका छन् ।

इरानी सेनाका जनरल कासिम सुलेमानीको अन्तिम संस्कारका क्रममा एक संस्थाले ट्रम्पको टाउकाेको मूल्य ८० मिलियन डलर तोकेको हो ।

यो रकम जम्मा गर्नका लागि सो संस्थाले सबै इरानी नागरिकलाई एक डलर दान गर्न अपिलसमेत गरेको छ । इरानको मसादमा उनको अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति: सोमबार पौष २१, २०७६/Monday 01-06-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै