२०८१ जेठ, २ बुधबार

जब भोट दिनेहरु रोडमा भोट माग्नेहरु करोडमा पुगे

दिपक खाती

अन्तिममा म परिवर्तन यही हो भन्ने निचोडमा पुगे
जब भोट दिनेहरु रोडमा, भोट माग्नेहरु करोडमा पुगे
सडकमा गुन्जीने आवाजहरु जब सदनसम्म पुग्न छोडे
सदनमा पुगेकालाई सडकमै ल्याउनुपर्छ भन्ने होडमा पुगे

हात्ती छाप चप्पल पड्काउदै हिड्ने आज चिल्ला गाडिमा छन्
युवाहरु स्वदेशमा रोजगारीका अवसर नपाएर आज खाडीमा छन्
योग्यताको र क्षमता नभएनी उनैलाई रोजगारी मिल्छ यो देशमा
जो रोजगारी पाउनको लागि दिनहँु शक्ति र शत्ताको चाकडीमा छन्

काङ्गे्रस कम्युनिस्टको सरकार आयो तर ईमान्दार आएन
भ्रष्टाचार गर्नेलाई तह लगाउन सक्ने कुनै सरकार आएन
कालापानी, लिपुलेक र लिम्पीयाधुरा फिर्ता हुने आशा छैन
यो देशमा सुकुमबासी कमरेडले हड्पेको बालुवाटार आएन

यो देशमा एउटा ईमान्दार नेता चाहिएको छ
ईमान्दार ब्यक्ति नेता नहुँदा दुख पाईएको छ
जो ब्यक्ति सत्ता र पैशाको निम्ति बेचिन्छ यहाँ
राष्ट्रबादि देशभक्त भनि उसकै गित गाईएको छ

प्रकाशित मिति: आइतबार भदौ ७, २०७७/Sunday 08-23-2020

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै