प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्दै सारथी खबर दार्चुलाबाट सुरु भएको प्रिन्स दाहालको ब्याडमिन्टन खेल यात्रा पेरिस ओलम्पिकसम्म पुगेको छ । यो वर्षको जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको राजधानी पेरिसमा हुने ग्रीस्मकालिन ओलम्कि गेम्समा प्रिन्सले खेल्ने पक्का भएको हो । १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । नेपालका शीर्ष वरियताका खेलाडी प्रिन्स सहभागी हुने पक्का भएको छ । ब्याडमिन्टन वल्ड फेडरेसनका अनुसार नेपालका प्रिन्ससँगै एल साल्भाडोर र काजकिस्तानका खेलाडीले पनि ओलम्पिकमा स्थान बनाएका छन् । प्रिन्स दाहाल ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी बन्ने ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेले जानकारी दिए । नेपाल ओलम्पिक कमिटी र ब्याडमिन्टन संघबीच औपचारिक पत्राचार भएपछि प्रिन्सको ओलम्पिक खेल्ने पक्का हुने संघका कोषाध्यक्ष पाण्डेले बताए । प्रिन्सले सिंगल्समा प्रतिस्पर्धा गर्ने छन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले विश्व ब्याडमिन्टन महासंघबाट प्रिन्सले ओलम्पियन खेल्न पाउने जानकारी प्राप्त भएको बताए । पछिल्लो समय नेपाली ब्याडमिन्टनमा एकपछि अर्को उपाधि जित्दै आएका प्रिन्सले लामो समयदेखि ओलम्पिक लक्षित तयारी थालेका थिए । प्रिन्सले ४ वर्ष अघि १५ वर्षको उमेरमा नै ओलम्पिक पदक जित्ने लक्ष्य रहेको बताएका थिए । उनी विश्व वरियतामा १७९ औं स्थानमा छन् । प्रिन्सले दार्चुलामा बुवा नारायण दाहालसँगै ब्याडमिन्ट सिक्न सुरु गरेका थिए । नारायण खलंगामा आउडरमा ब्याडमिन्टन खेल्थे । बुवासँगै उनी बिहान ¥याकेट बोकेर कोडमा आउथे । उनलाई बुवा नारायण र दार्चुला ब्याडमिन्टन संघका अध्यक्ष सुरेशसिह थापाले ब्याडमिन्टन सिकाउथे । जिल्लाबाट जुनियर प्रतियोगितामा प्रिन्स सँगै लिएर जाने गरेका थिए । प्रकाशित मिति: आइतबार बैशाख ३०, २०८१/Sunday 05-12-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अनेरास्ववियुद्वारा आयोजित वादविवाद प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित आइसिसी अलराउन्डर वरीयताको शीर्ष ६ मा दीपेन्द्र दार्चुलाका सान : भरतले पेरिस पारा ओलम्पिक खेल्ने एसीसी प्रिमियर लिग : हङकङमाथि नेपालको सहज जीत त्रिकोणात्मक टी–२० क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका