Close This
२०८१ कार्तिक, ७ बुधबार

जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई

जिल्ला अस्पताल दार्चुलामा कार्यरत डाक्टर आदर्श लिम्बुको विदाई गरिएको छ । साढे तीन वर्ष जिल्लामा बसेका डाक्टरको स्थानीय र स्वास्थ्यकर्मीले भव्य विदाई गरेका हुन् । 
जिल्लाबाट फर्किदा विरलैले मात्र पाउँछ सुखद विदाई । यस्तै सुखद अनि भव्य विदाई भएर जिल्ला छोड्ने मौकामा थपिए डाक्टर आदर्श लिम्बु । धेरै विदाई जानकारीमा नै हुँदैन, तर जिल्ला अस्पतालमा साढे तीन वर्ष बिताएका लिम्बुको जिल्लाबासीले भव्य बिदाई गरिदिए । 
बाजागाजासहित उनलाई जिल्लाबाट विदाई गरिएको छ । डाक्टर लिम्बु जिल्ला आउँदा जिल्लामा कोभिडको चपेटा पनि उस्तै थियो । कोभिडलाई सहज व्यवस्थापनमा उनको भूमिका रह्यो । 
जिल्ला अस्पताल भए पनि सहज सेवा हुँदैन थियो । सामान्य अप्रेशनको लागि समेत बाहिर जानुपर्ने बाध्यता थियो । त्यो बाध्यताको अन्त्य गर्नमा सफल भए डाक्टर लिम्बु । थुप्रै जटिल शल्यक्रियामा आफै संग्लन रहेर टिम परिचालन गरे । अर्थात कुशल डाक्टर मात्र नभई प्रशासक पनि बनेर देखाए डाक्टर लिम्बुले । 
डाक्टर लिम्बुले जाने बेला लेखेका छन्, हिजो भर्खर दार्चुला जिल्ला अस्पताल आएजस्तो लाग्छ, आज ३.५ बर्षको अवधि कटि सकेछ । दार्चुला बसाईको क्रममा धेरै कुरा जान्ने, सिक्ने, सिकाउने र हसिलो यादहरु बनाउने मौका मिल्यो यसका लागि सम्पूर्ण अस्पतालका कर्मचारीहरुप्रति हार्दिक आभार ।  उनले अगाडि थपेका छन्, ‘दार्चुला जस्तो दुर्गम स्थानमा काम गर्नु वास्तवमै चुनौतिपूर्ण थियो तर अठोट र चाहाना भए जस्तो सुकै परिस्थितीमा पनि धेरै कुरा गर्न सकिने रहेछ भन्ने पाठ सिकेर नयाँ ठाउँ जादैछु ।’ 
बाढिले भत्किएको अस्पताल थियो । बाढिपछि थोरै तिग्रिन लागेको संरचनालाई भव्य बनाएर उनले अस्पताल सञ्चालनमा योगदान पु¥याएको स्वास्थ्यकर्मी बताउँछन् । सेवाग्राहीलाई सहज पहुँचमा रहेर काम गर्न सक्ने भएरै उनको भव्य विदाई भएको हो । 

 

प्रकाशित मिति: आइतबार बैशाख ३०, २०८१/Sunday 05-12-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै