२०८१ बैशाख, १७ सोमबार

अन्जु र थीरले गरे क्रिश्चियन परम्पराअनुसार विवाह

गायिका अन्जु पन्तले प्रेमी थीर कोइरालासँग विवाह गरेकी छन्। ४ वर्षको प्रेमलाई उनीहरुले विवाहमा परिणत गरेका हुन्। बुधबार काठमाडौंको एक चर्चमा पुगेर उनीहरुले विवाह गरेका थिए। उनीहरु दुबै क्रिश्चियन भएका कारण क्रिश्चियन परम्पराअनुसार विवाह गरेका हुन्।
अन्जु र थीरको केही समय अगाडि मात्र प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। उनीहरूले तत्काल विवाह नगर्ने बताउँदै आएका थिए।

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग  विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् । 

प्रकाशित मिति: बुधबार फाल्गुण १२, २०७७/Wednesday 02-24-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै