२०८१ बैशाख, १७ सोमबार

भारतीय बाटो हुँदै सौका समुदायको कुञ्चा खलंगा पुग्यो

व्याँसमा चिसोसँगै हिमपात हुन थालेपछि दार्चुलाका व्यासी सौका समुदाय बसाई सर्दै खलंगा पुगेका छन् । गत वैशाखमा खलंगाको गर्मी छल्न व्याँस गाउँपालिका–१ तिंकर उक्लिएका उनीहरु चिसोबढेसँगै खलंगा पुगेका हुन् । 
सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुल भएर सौका समुदायको पहिलो टोली सदरमुकाम खलंगा पुगेको छ । ‘कुञ्चा’ भनेको व्यासी सौका समुदायको भाषामा बसाइ सर्नु भनिन्छ  । 
व्यासको थातथलोबाट बेसी सदरमुकाम खलंगा पुग्ने उनीहरूका लागि बाटोकै समस्या छ । हिमाली गाउँमा चिसो मौसममा बस्न नसकिने हुनाले यहाँका स्थानीय परम्परादेखि नै हिउँदका ६ महिना बेसी झर्ने गर्छन् । छ महिना खलंगा र छ महिना हिमालमा उनीहरुको बसाई बस्छ ।
व्यासीहरु भारत पिथौरागढ अन्तर्गत धारचुला–कालापानी लिपुलेक सडक खण्ड हुँदै खलंगा फर्किएका छन् । व्यासस्थित नेपाल–भारत जोड्ने सीतापुल भएर उनीहरु पाँच दिनपछि खलंगा पुगेको स्थानीय दानसिह तिंकरीले बताए । हिमाली क्षेत्रका याक, झुपू र गाईबस्तु सहित उनीहरुको बसाई सरेको हो ।
सदरमुकाम खलंगाबाट  २८ कोष उत्तरमा पर्छ तिंकर गाउँ । नेपाततर्फ बाटोघाटो नहँुदा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । नेपालतर्पm पैदल घोरेटो बाटोसमेत छैन् । ‘व्यासीहरुको राज्यसँगै एउटै माग छ,’ तिंकरीले भने, ‘हामीलाई आफ्नै भूमिबाट आउजाउ गर्न घोरटो बाटो राम्रो चाहियो ।’ सरकारले घोरेटो बाटो पनि बनाउन नसक्दा आफ्नै भूमिजान भारतीय निर्भरता रह्यो ।
‘भारतको बाटोबाट कुञ्चा सार्न धेरै समस्या छ’ उनले थपे, ‘गाईबस्तुको क्वारेनटाईन चेक गर्नुपर्छ, ठाउ–ठाउमा भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार छदैछ । तिंकरबाट पाँच दिन पशुचौपायालाई हिडाएर खलंगा आइतबार बिहान ‘कुञ्चा’ पुगेको छ । केही गाउँको कुञ्चा बाटोमै छ । एक दुई दिनभित्र खलंगा पुग्छन् । 
छाङ्गरु तिंकरको उच्च भेगहरुमा हिमपात हुन थालेपछि बस्न सकिएन् । खेतीपाती लगाएर अहिले उनीहरु खलंगा झरेका छन् । वर्षमा एउटामात्रै खेती हुने ब्याँसमा स्थानीयले उवा र नप्पल लगायतका अन्नबाली लगाउछन् । उनीहरु वैशाखमा फेरि अन्नपात भित्र्याउन व्याँस उक्लिने गर्छन् । 
छाङ्गरुको ‘कुञ्चा’ भने एक हप्तापछि खलंगा झर्ने तयारीमा रहेको व्याँस गाउँपालिका–१ का वडा सचिव विनोदसिह बुढाथोकीले जानकारी दिए । सरकारले नेपालतर्फबाटो बाटो नबनाउँदा व्यासीहरुले भारतीय प्रशासनको अनुमतिमा मात्रै आउजाउत गर्न पाउँछन् । 
व्यासका स्थानीयले हरेक वर्ष सरकारसँग आफ्नै भूमिभएर बाटो माग्दा पनि नेपालबाटै छाङ्गरु तिंकरसम्म घोरेटो बाटो बनाउन सकेको छैन् । नेपालतर्फ सडक निर्माण कार्य पनि बजेट अभावमा गति लिएको छैन् ।
व्याँसको छाङगरुभन्दा तलको बाटोको त सोच्ने नसकिने अवस्था छ । स्वदेशको बाटो नहुँदा यसपालि पनि ‘कुञ्चा’ भारतबाट नै ल्याउनुपर्ने अवस्था रहेको योगेश बोहरा बताउँछन् ।  बाटोको समस्याबारे सबै सरकारवालालाई जानकारी भए पनि समाधानतर्फ गएको देखिँदैन । पछिल्ला तीन तहका सरकारको टालटुले नीति र नेता कार्यकर्ता पोस्ने बजेट विनियोजन हुने हुँदा व्यासीले कुञ्चा सर्ने बेलामा सास्ती खेप्नुपरेको उनको भनाई छ ।
जेठ÷असारमा बजेट सक्न टालटुले रूपमा गरिएको मर्मत कार्य महाकालीले बगाउँदा मानिसलाई हिँड्न मिल्ने बाटो नभएको स्थानीय बताउँछन् । 
भारत र चीनसँग सीमा जोडिने व्याँस गाउँपालिका–१ का स्थानीयले यो वर्ष चीनसँगको तिंकर नाका खोल्न पटकपटक माग गरेपनि नाका खुल्न सकेन् । 

 

प्रकाशित मिति: आइतबार कार्तिक २६, २०८०/Sunday 11-12-2023

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै