२०८१ बैशाख, २२ शनिबार

नयाँ वर्षमा पूर्व मन्त्री ठगुन्ना भेटघाटमा व्यस्त

गाउँमा नयाँ वर्ष अर्थात विषु पर्वको रौनकता छाएको छ । दार्चुलाको सबैभन्दा ठूलो जात्रा लाग्ने घोल्जर र नौगाडको सिप्टीमा विषुको रौनक हुने गर्दछ । विषुको समयमा देश बाहिर तथा जिल्लाबाहिर गएका सबै गाउँ फर्किने गर्छन् । त्यहीँ मौकामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले यी दुवै ठाउँमा भेटघाट तथा शुभकामना आदान प्रदान गर्न पुगेका छन् । 
नयाँ वर्षलाई भव्यरुपमा मनाइने यो ठाउँमा भेटघाट तथा शुभकामना आदानप्रदानको अवसर पारि कार्यक्रम गरिएका हुन् । शुभकामना आदानप्रदानमा उनले जिल्लामा भइरहेको विकास निर्माणबारे जानकारी गराए । खासगरी विद्युतिकरण छुटेका ठाउँमा विद्युत पु¥याउने गरी काम अघि बढेको बताएका छन् ।
शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, एमाले प्रदेश कमिटी सदस्यहरु लगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

 

प्रकाशित मिति: आइतबार बैशाख २, २०८१/Sunday 04-14-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै