एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा, २ हजार ५५४ सहभागी हुने सारथी खबर नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । शनिबारदेखि सुरु हुने राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । परिषद् बैठक ललितपुरको सनराइज हलमा दुई दिनसम्म चल्ने छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, र केन्द्रीय पदाधिकारी गरी २ हजार ४५४ जना सहभागी हुने पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । त्यस्तै लेखा र निर्वाचन आयोगका प्रतिवेदन पनि पेस हुनेछन् । बैठकले पार्टीको समग्र कामको समीक्षा र आवश्यक निर्देशन दिने एमालेले जनाएको छ । दुई महाधिवेशनको बिचमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ । त्यस्तै वैशाख १० गते पार्टी स्थापना दिवसका अवसरमा हीरक महोत्सव आयोजना गर्दैछ । जसमा एक जनालाई सम्मान गर्ने एमालेले जनाएको छ । महोत्सवमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेता सहभागी हुनेछन् । प्रकाशित मिति: शुक्रबार बैशाख ७, २०८१/Friday 04-19-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै विश्वासको मत पाउन मुख्यमन्त्री सोडारीको सकस एमाले वडा अधिवेशन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने एमालेका जिल्लाभरी प्रशिक्षक बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी एमाले प्रतिनिधि परिषद्को बैठक सुरु : प्रतिवेदनको पूर्णपाठ पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा एमालेका जिल्लाभरी प्रशिक्षक यार्सागुम्बा संकलनको तयारी : जेठ दोसो साताबाट अनुमति पूर्वधार विकास समिति सभापतिको निर्देशन : व्याँसका नागरिकको लागि बाटो बनाऔं बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने