२०८१ बैशाख, २२ शनिबार

एमालेबाट निर्वाचित जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनेरास्ववियुको माग

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षामा सुधारको लागि तीन बुदे माग अघि सारेको छ । अनेरास्ववियुले नेकपा एमाले अध्यक्ष ज्ञानेन्द्र घर्तीलाई तीन बुदे मागसहित ज्ञापन समेत बुझाएका छन् । 
दार्चुलाका स्थानीय तहका जनप्रतिनिधिको दुई वर्षे कार्यकालको समिक्षासंगैँ आगामी तीन वर्षे कार्ययोजना तयार गर्नुपर्ने सुझाव अनेरास्ववियुले राखेको छ ।  अनेरास्ववियुले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि, नेता कार्यकर्ता, जनवर्गीय संगठनमा आबद्ध पदाधिकारी तथा सदस्यका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न सर्कुलर जारी गर्न ज्ञापनपत्रमा माग गरेको छ ।
यस्तै एमालेको अगुवाईमा जिल्लास्तरीय सर्वपक्षीय अन्तरक्रिया तथा सार्वजनिक बहस संचालन गरि शैक्षिक सुधारको आगामि १० वर्षे रणनीतिक योजना तयार गर्दै स्थानीय तहमा लागू गरिनुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।

 

प्रकाशित मिति: बिहीबार बैशाख ६, २०८१/Thursday 04-18-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै