हाईस दुर्घटना पाँच जना घाईते Sarathikhabar दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–९ नकतडमा हाईस दुर्घटना भएको छ । जिल्ला सदरमुकाम खंलगाबाट महेन्द्रनगर तर्फ जादै गरेको बा ५ ख ५२६५ नम्बरको हाईस शनिवार बिहान ९ः१५ बजे ब्रेक फेल भएर चेक पोष्ट नजिकै सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो । भिमदत्त नगरपालिका वडा नम्बर–१२ का ४४ वर्षीय रामबहादुर महराले चलाएको १७ जना सवार हाईसमा पाँच जना घाईते भएका छन् । घाईते हुनेमा शैल्यशिखर–६ पनेबाजकी १४ वर्षीया जस्मीना धामी, वडा नम्बर–७ देवथलीका ८० वर्षीय बिष्णुदत्त जोशी, १० वर्षीय नाती हिमान्सु जोशी, कञ्चनपुर बेदकोट नगरपालिकाकी ४० वर्षीया बसन्ती बिष्ट र सहचालक बर्दगोरीयाका २२ वर्षीय रोहित सुवार रहेका छन् । घाईतेहरुको गोकुलेश्वरको मालिकार्जुन अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताईएको छ । प्रकाशित मिति: शनिबार कार्तिक २४, २०८१/Saturday 11-09-2024 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै चार महिनामा ३२ लाख बढी भन्सार छलीको सामान बरामद प्रदेश सरकारको बजेट प्रभावशाली नेताको निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक प्रतिशोध साँध्न सरकारले अदालतको समेत प्रयोग गरेकाे रास्वपाको आरोप चितुवा देखिएपछि कञ्चनपुरको बेलडाँडीका स्थानीय त्रसित पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता