२०८१ मङ्सिर, २४ सोमबार

जिप दुर्घटनामा परि रावल दम्पती सहित आठ जनाको मृत्यु, गम्भीर घाइतेहरुको निसर्ग हस्पिटलमा उपचार हुदै 

दार्चुलामा रात्रिकालिन जात्रा हेरेर घर फर्किने क्रममा जिप दुर्घटना हुँदा ६ जना पुरुष र २ जना महिला गरि ८ जनााको मृत्यु भएको छ । 
दुर्घटनामा परि ७ जनाको घटना स्थलमै मृत्यु भएको र ६ जना गम्भीर घाइते भएका छन् । 
शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल र उनकी श्रीमती सोही ठाउँका २८ वर्षीय शान्ति रावलको घटना स्थलमै मृत्यु भएको छ । 
दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, भारत पिलभित मारुडण्डाका सोहिन शाह र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो ।  
मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको राष्ट्रको सातौँ धाम मध्येको एक धाम मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको म १ ज ३३८ नम्बरको जिप मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको अवस्थामा शुक्रवार बिहान ४ बजे महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो । 
दार्चुलाः दार्चुलामा जिप दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ ।  
हेलिकप्टरमा उद्धार गरिएकामा जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का सुनिल जोशी, शैल्यशिखर–५ का सन्दीप रावल, भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय सोहिन शाह र बैतडीको डिलासैनी गाउँपालिका–५ का उत्तम रोकाया रहेका छन् । उनीहरुको निर्सग अस्पताल धनगढीमा उपचार भै रहेको प्रहरीले जानकारी दिएको छ । 
दुर्घटनामा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर–५ का ३५ वर्षका उत्तम रोकाया, दार्चुलाको मालिकार्जुन गाउपालिका–८ का चालक सुनील जोशी, शैल्यशिखर नगरपालिका–९ का ७ वर्षका सुमीत रावल र भारतीय नागरिक सोहील शाह गम्भिर घाईते भएका छन् । शैल्यशिखर नगरपालिका–५ का प्रकाश सिह डाँगा भने सामान्य घाईते भएका गोकुलेश्वर अस्पतालले जनाएको छ । 
दुर्घटनामा मृत्यु हुनेमा तीन जना कर्मचारी रहेका छन् । जिप दुर्घटनामा शैल्यशिखबर नगरपालिकामा कार्यरत अमिन बिरेन्द्रसिंह रावल, गोकुलेश्वर बहुमुखि क्याम्पसमा कार्यरत मिना लेखक र दिलीपसिंह विष्टको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टका अनुसार तीनै जना कर्मचारीको जिप दुर्घटनामा मृत्यु भएको हो ।
दुर्घटनामा परेकाको शोकमा बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
दर्शनार्थीहरू चढेको जिप दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक बिदा दिएको शोक वक्तत्व जारी गरेको छ । 
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । शनिबार (आज) एक दिन गाउँपालिकामातहतका सबै कार्यालयहरुमा शोक बिदा गरेका छ । 
 

प्रकाशित मिति: शुक्रबार कार्तिक ३०, २०८१/Friday 11-15-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै