२०८१ मङ्सिर, २४ सोमबार

वडा अध्यक्षको लागि दुहुँँ ५ मा चार जनाको उम्मेदवारी दर्ता 

२०७९ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका वडाअध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते मृत्यु भएपछि मंसिर १६ मा उपनिर्वाचन हुदैछ । 
उपनिर्वाचनका लागि दुहुँ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । 
मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार एक स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
वडा अध्यक्षको लागि नेपाली काग्रेसका धनसिह कुँवर, नेकपा एमालेका मानसिह बडाल, नेकपा माओवादी केन्द्रका बीरसिह कार्की र स्वतन्त्र उम्मेदवार लालबहादुर कँुवरले उम्मेदवारी दर्ता गराएका छन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकातर्फबाट उम्मेदवार बनेका मनोरथ भट्टको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । दुहुँ गाउँपालिका वडा नम्बर ५ मा यो पटक ६ सय ४९ जना पुरुष र ६ सय २३ जना महिला गरि कुल १ हजार २ सय ७२ जना मतदाता रहेका छन् ।
निर्वाचनको लागि दुर्गास्थान आधारभूत विद्यालयमा मतदान स्थल तोकिएको छ, भने क र ख मतदान केन्द्र बनाइएको मुख्य निर्वाचन अधिकृत पुष्पराज पाण्डले जानकारी दिए ।
वडा नम्बर ५ मा १ हजार २ सय ७२ जना मतदाता रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार मङ्सिर २, २०८१/Sunday 11-17-2024

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै