दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार Sarathikhabar दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ५ आगरमा घाइते भालुको आक्रमणबाट एक महिला घाइते भएका छन् । भालुले आक्रमण गरी स्थानीय ५८ वर्षीया कलावती रावल घाइते बनाएको हो । शुक्रबार राती ८ बजेको समयमा घाइते अवस्थामा जङ्गली भालु घर भित्र पसेको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज मोहन साउदले जानकारी दिनुभयो । स्थानीय राम दत्त जोशीको घर भित्र घाइते अवस्थामा रहेको भालुको उद्धार गरिएको छ । प्रहरी र डिभिजन वन कार्यालय दार्चुलाको टोलीले भालुलाई घर बाहिर निकालेको डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत प्रमान्नद कुंवरले बताउनुभयो । भालु गम्भीर घाइते अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘बाहिर घाउ चोट छैन, मुखबाट रगत निस्केको छ, हलचल गर्न सक्ने अवस्थामा छैन’ उहाँले भन्नुभयो । घाइते अवस्थामा रहेको भालुलाई गोकुलेश्वर लगिएको छ । भालुको स्वास्थ्य परिक्षण पछि के कारण घाइते भएको भनेर पत्ता लाग्ने वन अधिकृत कुवरले बताउनुभयो । प्रकाशित मिति: शनिबार जेठ १८, २०८२/Saturday 05-31-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, दार्चुलामा पनि भोलिदेखि सार्वजनिक यातायात ठप्प हुने डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका