२०८२ जेठ, २० सोमबार

क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा

सरकारले एकै पटक १० जना सचिवहरूको सरुवा गरेको छ । मंगलबार सिंहदरबारमा जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । 
बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवा तर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईँलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 
त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ बैज्ञानिक डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ । ईपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णयसमेत भएको छ ।
मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रवृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए । 
त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ भने इपिएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको छ । 
 

प्रकाशित मिति: मंगलबार जेठ १४, २०८२/Tuesday 05-27-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै