सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका Sarathikhabar बैतडीको पञ्चेश्वरमा सुकुम्बासीहरुका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको छ । गाउँपालिका क्षेत्रभित्र रहेको बाँझो जमीन, सार्वजनिक जमीन, बाटोघाटो, पानी पँधेरो लगायतका कुराहरु छुट्याउन जग्गा एकीन गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताए । जग्गा एकीन गर्नका लागि प्राविधिकहरुको टोली खटिएर काम गरिरहेको उनले बताए । पञ्चेश्वर गाउँपालिकामा भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीलाई यही असार भित्रै पूर्जा वितरण गर्ने लक्ष्य रहेको पाण्डेयले बताए । पञ्चेश्वर गाउँपालिकाभित्र भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासी ४ सय ३८ परिवार रहेको पाण्डेयले बताए । जग्गा एकीन गर्नका लागि फिल्डमा प्राविधिक टोली खटाउनुभन्दा पहिला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए । उक्त अन्तरक्रियामा गाउँपालिका अध्यक्ष चन्दका साथै भूमी समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेय, गाउँपालिका उपाध्यक्ष बिना भट्ट, आयोगका विज्ञ सदस्य जगदीश नायक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रियामा जग्गा एकीन गर्नका लागि खटिएको प्राविधिक टोलीले जग्गा एकीन गर्ने विधिका बिषयमा जानकारी गराएका थिए । पञ्चेश्वरमा जग्गा एकीन गर्नका लागि नापी कार्यालयका कृष्ण भण्डारीको नेतृत्वमा पाँच जना प्राविधिकहरुको टोली खटिएको जनाइएको छ । प्रकाशित मिति: शनिबार जेठ १८, २०८२/Saturday 05-31-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, दार्चुलामा पनि भोलिदेखि सार्वजनिक यातायात ठप्प हुने डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका