बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते Sarathikhabar बाजुरामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको जगन्नाथ गाउँपालिकामा मंगलबार जीप दर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने अन्य दुई जना घाइते भएका छन । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख अन्दाजी ५५ वर्षीय लोकबहादुर खड्का, जीप चालक अन्दाजी ४० का करन महतरा र बडीमालिका नगरपालिका वडा नम्बर ७ का अन्दाजी २८ वर्षीय रविन्द्र धामी रहेको प्रहरीले जानकारी दिएको छ । जीप दुर्घटनामा परी घाइते हुनेमा बुढीनन्दा नगरपालिका–२ कोल्टीका अन्दाजी २५ वर्षीय नन्दराम तिरूवा र अन्दाजी २२ वर्षीय लोकेन्द्र तिरूवा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जनकारी दिनुभयो । सोही गाउँपालिका–३ काडाकोटमा नेपाल टेलिकमको बा ५ च २२०९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो । उहाँकाअनुसार घाइते भएका दुई जनालाई एम्बुलेन्समा आधारभूत अस्पताल कोल्टीमा उपचारका लागि ल्याइएको छ । मृतकको प्रहरी मुचुल्का भइरहेको छ । नेपाल टेलिकमको टावरमा सोलार जोड्न पिलुचौरबाट गएको उक्त जीप अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । कच्ची सडक भएका कारण जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । प्रकाशित मिति: मंगलबार जेठ १४, २०८२/Tuesday 05-27-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, दार्चुलामा पनि भोलिदेखि सार्वजनिक यातायात ठप्प हुने डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलामा भालुको आक्रमणबाट ५८ वर्षिया महिला घाइते, भालुको घाइते अवस्थामा उद्दार क्याविनेटका २८ निर्णय एकै पटक १० जना सचिवको सरुवा बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते अवैध सामानसहित कैलाली र कञ्चनपुरबाट पाँच जना महिला पक्राउ सुकुम्बासीका लागि जग्गा एकीन गर्दै पञ्चेश्वर गाउँपालिका