दार्चुलामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि सारथी खबर दार्चुलामा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका सीआइसिटी सहजकर्ता सुरज सुजन बोहराका अनुसार शुक्रबार १७ जनामा गरिएको एन्टिजेन परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा मार्मा गाउँपालिकाका ५ जना, जिल्ला अस्पताल दार्चुलामा १ जना तथा पुलघाट नाकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय २३ पुगेको छ । मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लामा २९ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हाल जिल्ला अस्पताल दार्चुलामा १० जना कोरोना संक्रमतिको उपचार भइरहेको छ यस्तै गोकुलेश्वर अस्पतालमा १ जना गरी ११ जना मात्रै संस्थागत आइसोलसनमा सबेको बताइएको छ । अन्य ३१२ जना होमआइसोलसनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । प्रकाशित मिति: शनिबार जेठ १, २०७८/Saturday 05-15-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम