दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम Sarathikhabar जिल्ला प्रहरी कार्यालय दार्चुलाले दुर्घटना न्युनिकरणका लागि ट्याक्टर बहस कार्यक्रमकाे सुरू गरेकाे छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीद्धारा दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतनाको लागि संचालित नव प्रर्वतनिय कार्य अन्तर्गत याे कार्यक्रम सुरू भएकाे हाे । आज (बिहिवार) दार्चुला शैल्यशिखर- ९, गोकुलेश्वरमा जिल्लामा ट्याक्टर व्यवसायी गरिरहेका ट्याक्टर धनी र चालकहरूकाे उपस्थितिमा कार्यक्रम संचालन गरेकाे छ । गाेकुलेश्वरमा रहेकाे देबु होटल एण्ड रेष्टुरेन्टको सभाहलमा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले दुर्घटनाबाट जाेगिन अपनाउनु पर्ने सतर्कताका बारेमा ट्याक्टर धनी र चालकलाई प्रशिक्षणात्मक जानकारी दिएका जिप्रकाले जनाएकाे छ । प्रहरी प्रमुख प्रकाश दहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा शेैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेकाे थियाे । नयाँ नाम दिएर सडक दुर्घटना न्युनिकरण गर्न लागिएकाे कार्यक्रममा जनप्रतिनिधि, ट्रयाक्टर चालकहरु र ट्रयाक्टर धनीहरु लगायत अन्य सर्वसाधारण गरी ७४ जनाको उपस्थितमा रहेकाे थियाे । सडक दुर्घटनाबाट बच्नकाे लागि सचेतना जगाउने कार्यक्रम निरन्तर गरिने जिप्रका दार्चुलाले जनाएकाे छ । प्रकाशित मिति: बिहीबार चैत २०, २०८१/Thursday 04-03-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार प्रकृतिलाई भारतीय युवकले मानसिक यातना दिएको पुष्टि दुहुँको पिपलचौरीमा विद्यार्थीलाई मोबाइल निषेध स्याउँ बगैचामा कृषकहरुलाई मागमा आधारित तालिम दुर्घटनामा २ जनाको मृत्यु १० जना घाइते कञ्चनपुरमा एक महिनामा दम्पतीसहित चार जनाको हत्या पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा