दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन सारथी खबर दार्चुलामा संचालन भएको निःशुल्क परिवार नियोजन शिविरमा ७५ जनाले परिवार नियोजन गराएका छन् । दार्चुलाका ६ वटा स्थानीय तहमा सञ्चालन भएको परिवार नियोजन शिविरबाट सेवा लिएका हुन् । शिविरबाट ५७ जना महिला र १८ जना पुरुषले बनध्याकरण गरेका छन् । फागुन १८ गतेदेखि सुरु भएको सिविर २५ गते सम्पन्न भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार फागुन १८ गते मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरबाट २ जना पुरुष र ३ जना महिला गरी ५ जनाले सेवा लिएका छन् । सिविरको दोस्रो दिन १९ गते नौगाड गाउँपालिकाको नौगाड आधारभूत अस्पतालको शिविरबाट ५ जना पुरुष र ६ जना महिला गरी ११ जना, २० गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा भएको शिविरबाट ४ जना पुरुष र ९ जना महिला गरि १३ जनाले सेवा लिएका हुन् । फागुन २२ गते मालिकार्जुन गाउँपालिकाको पस्ती आधारभुत अस्पतालमा आयोजित शिविरबाट १७ जना महिला, २३ गते ब्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकीबाट ६ जना पुरुष र ११ जना महिला गरी १७ जना र सिविरको अन्तिम दिन फागुन २५ गते जिल्ला अस्पताल दार्चुलामा सम्पन्न शिविरबाट १ जना पुरुष र १३ जना महिला गरी १४ जनाले सेवा लिएका छन् । स्वास्थ कार्यालय दार्चुलाको आयोजना तथा नेपाल परिवार नियोजन सघं बैतडी शाखाको सहकार्यमा जिल्लाका ६ वटा स्थानीय तहमा शिविर संचालन भएको हो । प्रकाशित मिति: सोमबार फाल्गुण २६, २०८१/Monday 03-10-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै आयुर्वेदमा सेवा थपियो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दिवस मनाउन दिएको रकम जोशीको उपचारमा सहयोग पूर्वराजाको स्वागतमा विमानस्थल प्रवेशमा कडाइ नाँचनथली र हासनथलीको बीचमा मालवाहक ट्रक दुर्घटना हुदा तीन जना घाइते नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको अध्यक्षमा मुरारीलाल टमटा चयन दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन