२०८१ फाल्गुण, २८ बुधबार

अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ 

दार्चुलाको अपिहिमाल गाउँपालिकामा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ भएको छ । पछिल्लो समय बढ्दो नसर्ने रोगको प्रकोपलाई नियन्त्रण गर्न गाउँपालिकाले रोग पहिचान कार्यक्रम लागु गरेको हो । 
रोगको पहिचान र उपचारको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको र नेपाल सरकारको संघिय कार्यक्रममा ३० वर्षमाथिका सम्पूर्ण नागरिकको फागुन महिना भित्र अनिवार्य रुपमा गर्न पत्राचार भएको हुदा पालिकाले अभियान थालेको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र सिंह धामीले बताउनु भयो । 
पालिकाको स्वास्थ्य शाखाले पालिकाका ५ वटै वडाहरुमा गएर ३० वर्ष माथिका नागरिकको प्रेसर, सुगर पिषवमा प्रोटिन र बीएमआइको जाँच गरिने रोग पहिचान भएका हरुको उपचार गरिने स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो ।  

 

प्रकाशित मिति: आइतबार फाल्गुण ४, २०८१/Sunday 02-16-2025

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै