मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने सारथी खबर दार्चुलाको मालिकार्जुन गाउँपालिकाले क्षयरोग सम्भावित लक्षण चिन्हभएका विरामीहरुको एआई जडित डिजिटल एक्सरेबाट क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गरि एक्सरे सेवा सहितको क्षयरोगका विरामिको खोजपडताल गर्ने सिविर संचालन गर्ने भएको छ । स्वास्थ्य निर्देशनालय डोटी र जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको प्राविधिक सहयोग र मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग परीक्षण शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रामसिंह खत्रीले जानकारी दिनुभयो । गाउँपालिकाका ३ वटा वडाहरुमा सञ्चालन हुने उक्त शिविरमा क्षयरोग सम्बन्धी लक्ष्यण देखिएका बिरामीहरुलाई एआई डिजिटल एक्सरेको माध्यमबाट परिक्षण गरिने उहाँले बताउनुभयो । अहिले गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा सिविरको आयोजना गरिएकहो छ । फागुन ५ गते देखि ७ गते सम्म ३ वडाहरुमा शिविर सञ्चाल गरिने छ । पालिकाले प्रकाशन गरेको सार्वजनिक सुचना अनुसार फागुन ५ गते गाउँपालिकाको वडा नम्बर २ भगवती स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ । त्यस्तै ६ गते वडा नम्बर ५को डाँडाकोट स्वास्थ्य चौकी र ७ गते गाउँपालिकाको वडा नम्बर ३ मा रहेको मालिकार्जुन स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने छ । प्रकाशित मिति: शनिबार फाल्गुण ३, २०८१/Saturday 02-15-2025 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै आयुर्वेदमा सेवा थपियो पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दार्चुलाका गाउँगाउँमा पुग्यो आयोडिनयुत्त नुनको मालिकार्जुन गाउँपालिका घुम्ती शिविरद्धारा सेवा दिदै दार्चुलामा जटिबुटी सङ्कलन गर्न अनुमतिपत्र वितरण सुरु, खाद्यान्न सहित यर्चागुम्बा सङ्कलकहरु लेकतिर जादै अध्यक्ष राजेन्द्र लिङदेन सहितका राप्रपा सांसद रिहा सुरेश सिंह धामीको अध्यक्षमा शंकरपुर क्याम्पसको १५ सदस्य व्यवस्थापन समिति चयन