यस्तो छ कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश (पूर्णपाठ) सारथी खबर राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक गरिएको छ। अध्यादेशमा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ। अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा राखिएको छ। केन्द्रीय अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार अध्यादेश जारी गरेकी हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो। कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो। अध्यादेशमा सजायको व्यवस्था समेत रहेको छ। कसैले अध्यादेश बमोजिमको कुनै काम गर्न अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। यस्तै अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जारिवाना वा दुवै सजाय हुने छ। हेरौं अध्यादेशको पूर्णपाठ प्रकाशित मिति: शुक्रबार जेठ ७, २०७८/Friday 05-21-2021 तपाईको प्रतिक्रिया सम्बन्धित खबर सबै दार्चुलामा ७५ जनाले गराए परिवार नियोजन अपिहिमालमा नसर्ने रोगको पहिचानका लागि एक महिने अभियानको शुभारम्भ मालिकार्जुन गाउँपालिकाले क्षयरोगको जोखिम रहेका विरामीको पहिचान गर्ने जिल्ला अस्पताल दार्चुलाका डाक्टर लिम्बुको विदाई कस्ताे मासु खानु राम्राे रातो वा सेतो ? कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै पढ्नै पर्ने लोकप्रिय के हो मालिकार्जुन दार्चुला सेवा समिति ? राष्ट्रपति भण्डारीको भ्रमणको उपलक्ष्यमा गाउँपालिकाद्धारा स्थानीय विदा दुर्घटना न्युनिकरणका लागि प्रहरीले संचालन गर्याे “ट्रयाक्टर बहस” कार्यक्रम