२०८१ चैत, २४ सोमबार

नौगाड गाउँपालिकाका ४७ जनाको स्वाब संकलन

नौगाड गाउँपालिकाले विभिन्न वडाहरुबाट ४७ जनाको स्वाब संकलन गरेको छ । मंगलबार गाउँपालिकाले नौगाड गाउँपालिकाको वडा नम्बर १ ,२ ३ र ५ का ४७ जनाको स्वाब संकलन गरेको हो ।
कोरोना संक्रमितको सम्पर्कमा रहेका भारतबाट आएर होमक्वारेन्टाइनमा रहेका तथा कोरोना संग मिल्दोजुल्दो लक्षण भएकाहरुले स्वाब संकलन गरिएको नौगाड गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले ८ जना महिला तथा ३९ जना पुरुषगरी ४७ जनाको स्वाब संकलन गरेको खार स्वास्थ्य चौकी इन्चार्ज गोविन्दसिह ठगुन्नाले जानकारी दिनुभयो । संकलन गरिएको स्वाब बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा पठाइएको छ । गाउँपालिकाले ९० जना भन्दा बढिको स्वाब संकलन गरीसकेको जनाएको छ ।  नौगाड गाउँपालिकामा कोरोनाका कारण एक जना पुरुषको गोकुलेश्वर अस्पतालमा मुत्यु भएको छ ।

 

प्रकाशित मिति: मंगलबार जेठ ११, २०७८/Tuesday 05-25-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै