२०८१ चैत, २४ सोमबार

जिल्ला अस्पताल दार्चुलाबाट एक जना कोरोना संक्रमित भागेपछि ....

जिल्ला अस्पताल दार्चुलाकोे आइसोलेसन वार्डमा भर्ना भएका एक जना कोरोना संक्रमित मंगलबार भागेका छन् । मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १ का १७ वर्षिय युवक अस्पतालबाटै भागेका हुन् ।
भारतको पिथौरागडबाट सोमबार नेपाल फर्किएका ती युवकको पुलघाट नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पताल स्रोतका अनुसार आइसोलेसनबाट संक्रमित पुरुष फरार भएको हो ।
अस्पतालबाटै संक्रमित भागे पछि अस्पतालले मालिकार्जुन गाउँपालिकालाई जानकारी गराएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो । मालिकार्जुनको कोरोना संक्रमित भएका कारण निगरानीमा राख्न गाउँपालिकालाई भनिएको छ, भट्टले भन्नुभयो । 
अहिले कोरोना संक्रमित युवक होम क्वारन्टिाइनमा रहेको गाउँपालिकाले जनाएको छ ।  जिल्ला अस्पताल दार्चुलामा मंगलबार १२ जना कोरोना संक्रमति भर्ना भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार जेठ ११, २०७८/Tuesday 05-25-2021

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सबै